Mrityule Musareko Manish – Madanlal Paudyal

मृत्युले मुसहरेको मनिष – मदनलाल पौड्याल

600

Availability: 5 in stock

SKU: Mrityule Musareko Manish (RBD) Categories: , Tag:

Mrityule Musareko Manish – Madanlal Paudyal |

पुराना पत्रकार एवम् राजनीतिक कार्यकर्ता मदनलाल पौड्यालको इमानदार आत्मवृत्तान्त हो, मृत्युले मुसारेको मानिस । लामो समय नेपालको कम्युनिस्ट आन्दोलनमा लाग्दा साढे ६ वर्षको कठोर भूमिगत जीवन, सर्वस्वहरण अनि जेलजीवन बिताए पनि कहिल्यै लाभको पद नलिएका पौड्यालले तटस्थ भावमा आफ्नो कथावाचन गरेका छन् । ___ बर्माबाट लेखकका बाबुआमा कसरी नेपाल आए र तिनले यहाँ कसरी जीवनयापन गरे भन्ने मात्र होइन, उनी पढ्नका लागि कसरी कोलकाता पुगे र त्यहाँ कम्युनिस्ट नेता नृपेन्द्र चक्रवर्तीमार्फत नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालसँग कसरी भेट हुन पुग्यो भन्ने गहकिला स्मृति पुस्तकमा समेटिएको छ। नेता पुष्पलालप्रतिको उनको समर्पण असली ‘पिएलाइट’ कै रूपमा छ। ____यस पुस्तकमा नेपालका कम्युनिस्ट पार्टीका थुपै नेताहरू, पत्रकारिता क्षेत्रका हस्तीहरू अनि समसामयिक राजनीतिक सन्दर्भबारे निकै तिखो र खरो टिप्पणी गरिएको छ । वास्तवमा भन्ने हो भने उनको जीवनकथामा नेपालको कम्युनिस्ट आन्दोलनको अनौपचारिक इतिहास नै लिपिबद्ध भएको छ । यस हिसाबले यो पुस्तक निकै रोचक राजनीतिक इतिवृत्तान्त बन्न पुगेको छ। _मदनलाल पौड्यालको वृत्तान्तमा कत्ति पनि आडम्बर र कृत्रिमता छैन । उनी हरेक कुरा सोझै भन्न रुचाउँछन् । ‘मातृभूमि’ साप्ताहिकमा प्रकाशक/सम्पादक गोविन्द वियोगीसँग दशकौँ सहकार्य गरेका उनलाई पत्रकारिताको शैली प्रिय लाग्छ । यो अत्यन्त सरल, सरस र आद्योपान्त पठनीय पुस्तक हो । पुस्तक पढ्दाखेरि नेपालका बारेमा धेरै कुरा थाहा हुन्छ र पौड्याल असीम प्रेम, श्रद्धा र सम्मानका हकदार पात्र लाग्छन् ।
Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon