मोहोरमा इतिहास छ । अर्थात् इतिहासमा मोहोर छ । यो समाज मोहोरमा चलेको हो । यो देशले मोहोरका सिक्का छापेर अर्थतन्त्र बचाएको हो । यो समाज फर्किएर फेरि मोहोरमा नपुग्ला । एक मोहोरले पाथीका पाथी मकै खरिद गर्न नसकिएला । जसरी अब म पनि बैंशमा पुग्न सक्दिनँ ।
1
देशले मोहोरका सिक्का अब छाप्दैन । तर यो भन्दैमा मोहोरको गन्ती अङ्कबाट हराउँदैन ।
|
म सोच्छु । जीवनजस्तो यो मोहोर कहिले मूर्तिमा चढ्छ, मन्दिरमा चढ्छ, पूजामा चढ्छ । कहिले लासमा चढ्छ, चितामा पुग्छ । एउटै मोहोरको भाग्यमा पनि कहिले मन्दिर पर्छ, कहिले घाट पर्छ । जहाँ जे-जस्तो पर्छ, त्यस्तै बाँच्ने त हो मान्छेले ।
Mohor – Sagar Gaire
Reviews
There are no reviews yet