पारसमणि दाहाल
मेचीनगर न.पा.-४, बाहुनडाँगी, झापा
लामो समयदेखि बालकथा र विभिन्न विषयमा फुटकर लेखरचना लेख्न सक्रिय पारसमणि दाहालका बालकथाका पुस्तकहरू बाँदरको निर्णय-२०६१, जङ्गली राजाको चुनाब-२०६७, पिपलको घुम्ने रहर-२०६७, जलगैंडाको नेपाल यात्रा – २०६७, सुन्दर र सुरीको विवाह-२०७०, चन्द्रमाको यात्रा-२०७८, राक्षससँगको लडाइँ-२०७८, छेपारोको नाम मौसमकुमार-२०७८, तिलकाने बाखी-२०७८, महाजनको घरको भूत-२०७८, छट्टु बँदेल-२०७८, (उपन्यास) -२०७८ लगायतका कृतिहरू प्रकाशित छन् ।
ग्वाङ
कुनै पनि घटनालाई टपक्क टिपेर मीठो शैलीमा सिँगार्ने कौशल छ उनमा । उनको लेखनमा समय र समाज प्रतिविम्बन भएको हुन्छ । मानवीय संवेदना भित्रका कथा-व्यथा उन्न सिपालु दाहाल पेशाले शिक्षाकर्मी हुन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)का महासचिव रहेका दाहाल हाल पिएचडी उपाधिको अन्तिम तयारीमा रहेका छन् भने ‘मिठु’ दोस्रो उपन्यास हो ।
-प्रकाशक
मिठुको आवाज बुल्केको कानमा आएर ठोक्कियो । साँप्रेढुङ्गामा थ्याच्च बसेर टोलाइरहेको बुल्केलाई मिठुको आवाजले झल्याँस्स बनायो । पारि पहाडको पाखामा सुसाइरहेका सल्लाका पातलाई नियालिरहेका उसका आँखाहरू झिमिक्क गरे ।
निकै बेरको प्रयासमा बुल्केले सइचेलाई पानीमा घिसार्दै पाखासम्म ल्याउन सफल भयो । सइचेको मुखबाट बगेको रगत हुग्ली नदीको पानीले पखालिसकेको थियो । उसका आँखाहरूले दिउँसोको टन्टलापुर घामलाई एकनासले हेरिरहेका थिए । आज मध्यान्हको टन्टलापुर घामलाई उसका नाङ्गा आँखाले हेरिरहेका थिए । आँखा झिमिक्क नगरी ।
नदीका बगाइहरू पनि फरक फरक छन् । हुग्ली नदी सइचेलाई निलेर बग्छ । मेरो सेती खोला मिठुको प्यारलाई मिसाएर बग्छ । यो मेची खोला नेपाल र भारतको सीमाको रखवारी गर्दै बग्छ । त्यसैले नदी र खोलाहरूका बगाई पनि फरक-फरक छन् ।
Mithu – Parasmani Dahal
Mithu – Parasmani Dahal
मिठु– पारसमणि दाहाल
₨350
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet