Best Seller

Misaam – Manaprasad Subba

मिसाम– मनप्रसाद सुब्बा

(1 customer review)

US$3.95

Availability: 3 in stock

आख्यान, भारतीय नेपाली साहित्यका एक टाकुरा मनप्रसाद सुब्बाको कान्छो परिचय होइन । ‘त्यो मोडसम्म पुगेको मान्छे’ (लघुउपन्यास) प्रकाशित भएको ४५ वर्षपछि सुब्बा आख्यानमा फर्केका मात्र हुन् । ‘मिसाम’का १५ थान कथामा सांस्कृतिक, राजनीतिक, पर्यावरणीय, रोबोटिक आदि वैषयिक वैविध्य समेटिएको छ। सरल र सरस भाषाशैली अनि स्तरीय कथाशिल्पको प्रयोग भएका यी कथामा युगबोध र जीवनबोध चहकिलो छ ।
सुब्बाका कथामा आदिम लिम्बुसंस्कृतिको सघन छाया छ । मुन्धुमशास्त्र, लोकमिथक, फेदाङमा, येब/येमा, साम्बा, तुम्याहाङका प्रसङ्गले कथाहरू रोचक र रोमाञ्चक भएका छन् । यस दृष्टिले शीर्षकथा ‘मिसाम’ उनको श्रेष्ठकथा हो। यसमा आगोको हंशलाई मनाउने मन्धुमी स्तुतिको अनुष्ठान छ। कथा पढ्दै जाँदा पाठकले ‘बोनस’का रूपमा भारतीय नेपाली आख्यानको समेत सटीक विश्लेषण पाउने छन् ।
कविता, कथा, उपन्यास, समालोचना, अनुवाद आदि साहित्यका बहुबाटो हिँडेका मप्र सुब्बामा पाठकको रुचि र स्वाद थाहा पाउने अल्गोरिदम छ। यस अर्थमा ‘मिसाम’लाई खाँटी कविको खँदिला कथाहरू भने हुन्छ। यी कथामा नवीनता र सम्प्रेषणीय दुवै प्रसाद गुण छन् । कथाका विषयवस्तु गम्भीर छन्, तर शान्त पठन गर्न सकिने खालका छन्। यी कथा जतिसुकै पुराना होऊन्, सदैव तरोताजा र सामयिक लागिरहने छन् ।

Misaam – Manaprasad Subba

Weight 0.1 kg
Authors

Language

Publisher

1 review for Misaam – Manaprasad Subba

  1. Jaga Dahal (verified)

    Brand new

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon