Microsoftdekhi Bahundadasamma – John Wood |
सफल व्यापारका लागि चातुर्य भरिदिने यो एउटा दुर्लभ व्यापार – पुस्तक हो । तर यो व्यापार – पुस्तकको दर्जाबाट माथि उठेर सबैलाई उत्साहित पार्ने खालको छ । भित्रैदेखि उम्लिएको सोचको इमानदारीपूर्ण अभिव्यक्तिले उड पाठकलाई मुग्ध बनाउँछन् । पब्लिसर्स विक्ली माइक्रोसफ्ट छोडेर संसारका लाखौँ केटाकेटीलाई शिक्षाको प्रेरणादायी उपहार दिने अभियानको आकर्षक कहानी हो यो पुस्तक | प्रत्येक मान्छेको जीवनमा केही अति महत्त्वपूर्ण क्षण हुन्छन् जसले भविष्यमा ऊ कस्तो मान्छे बन्छ भन्ने कुराको निर्धारण गर्छ । धेरै आधुनिक साहित्यमा त्यस्ता क्षण पहिचान गर्न नसकेको वा त्यस्ता क्षणलाई समात्ने साहस गर्न नसकेको क्षुब्धताको शोकगीत हुन्छ । तर यो पुस्तकमा यी दुवै कुरा पाइँदैनन् । दुई सय मानिसले जोन उडको उदाहरण पछ्याए अथवा केही हजार व्यक्तिले आफ्नो छुट्टीको समय संसारका केटाकेटीका निम्ति शैक्षिक सामग्री किन्न र उनीहरूलाई स्कुलमा राख्न खर्च गरे भने के हुन्छ , सोच्नुस् त । |
Reviews
There are no reviews yet