झरीमा अलपत्र परेर रूझ्दै आएको बिरालो ।
रूखको टोड्काबाट झिकेर ल्याएको आँखा पनि नउघ्रेको सुगाको बचेरो । एकैपल्ट हुर्किन्छन् |
ती साथी बन्छन् । रमाउँछन् ।
बिरालो राति खटियामा उक्लन लागेको सर्पसित लड्छ । र, घरको प्यारो बन्छ । सुगा घरमा आउने-जानेलाई ‘राम राम भन्छ र सबैलाई खुशी बनाउँछ ।
यी दुई निर्दोष प्राणीको जीवनमा त्यतिबेला उथलपुथल आउँछ, जब ती गाउँबाट बजारमा बसाइँ सर्छन् ।
लेखक बुद्धिसागरको यो अनुभूतिले पुराना दिनको स्मृति गाढा बनाएर ल्याउँछ । रोचक र सरल भाषामा लेखिएको यो पुस्तकले मानव र प्राणीबीचको प्रेमको अनौठो कथा भन्छ ।
Mero Pattu Mero Biralo – Buddhisagar
Reviews
There are no reviews yet