साहित्यकार तथा समाजसेवी रमेश रेग्मीको तेश्रो कृति ‘मेरो छोरा फर्किनै पर्छ’ कथासङ्ग्रह प्रकाशित भएकोमा हार्दिक बधाई तथा कृति सफलताको शुभकामना व्यक्त गर्दछौं । यसअघि उहाँका दुई उपन्यासहरू ‘सपनाहरूको देश’ (२०६७) र ‘जीवनको सपना (२०७८) प्रकाशित छन् भने ‘मेरो छोरा फर्किनै पर्छ पहिलो कथासङ्ग्रह हो । कथा, उपन्यास, लघुकथा लगायत विविध विषयमा कलम चलाउनुहुने स्रष्टा रेग्मी साहित्यका साथै समाजसेवा र राजनीतिक क्षेत्रमा पनि परिचित हुनुहुन्छ ।
माता तीर्थकुमारी रेग्मी र बुबा राम उपाध्यायका जेष्ठ सुपुत्र साहित्यकार रमेश रेग्मीको जन्म का.म.पा. वडा नं. ७ चाबहिल, सिफलमा भएको हो । साहित्यकार रेग्मीले वाणिज्य शास्त्रमा स्नातक गर्नु भएको छ । साहित्यिक, सामाजिक, तथा राजनैतिक विषयलाई आधार बनाएर मानवीय जीवनका विविध पक्षहरूलाई मनोवैज्ञानिक रूपले विश्लेषण गरेर अत्यन्त सरल एवं रोचक ढङ्गले पाठक समक्ष प्रस्तुत गर्न सफल स्रष्टा रेग्मीका अन्य कृतिहरू पनि चाँडै नै रसास्वादन गर्न पाइयोस् । हार्दिक शुभकामना ।
– वासु शशी स्मृति परिषद्
Mero Chhora Pharkinai Parchha – Ramesh Regmi
Mero Chhora Pharkinai Parchha – Ramesh Regmi
₨399
Availability: 5 in stock
SKU: Mero Chhora Pharkinai Parchha
Categories: Books, Nepali Books / Stories
Tags: Ramesh Regmi, Stories-Nepali
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet