मेघदूतमा के छ? प्राणी जगत्मा प्रेम र यौन भावना प्राकृतिक हुन् । प्रेम विकृति होइन, सुन्दर संस्कार हो । प्रकृतिले दिएको सुन्दर उपहार हो । प्रेम सिर्जनाको स्रोत हो । प्रेमबारे बुझ्नु जरुरी छ । कालिदासको ‘मेघदूत’ मानव जगत्लाई प्रेमबारे बुझाउन लेखिएको एउटा कालजयी कृति हो, जसमा नारी सौन्दर्य, प्रेम, यौन र सम्भोगको दर्शनसहित यौन भावनाहरूबारे उत्कृष्ट सभ्यतासहितको समीक्षात्मक विश्लेषण गरिएको छ । सम्भोगबिना सिर्जना असम्भव छ । कालिदासको आशय प्रेमबिनाको सम्भोग पाशविक हो, त्यो शारीरिक भोगका लागि मात्र हो । कालिदासले प्रेममा सिर्जना देखे, अश्लीलता होइन । उनले असार र साउनको प्रेम तथा रति प्रसङ्गको महत्त्व भने । विश्वराजको ‘मेघदूतमा के छ ? विश्वराजको पुस्तकको गम्भीर अध्ययनबाट विभिन्न कालमा समाजको यौनप्रतिको दृष्टिकोण बुझ्न सजिलो बन्छ । विभिन्न कालमा कुन्तीलाई हेर्ने दृष्टिकोण फेरिदै गए र वर्तमान समाजमा यौनप्रतिको दृष्टिकोण बदलिँदो छ । यौन आदानप्रदान प्रणाली उदार बन्दै गयो । रूढिवादी कालमा विवाहपछि, त्यो पनि आफ्नो पत्नीसँग मात्र सम्भोग गर्ने अनुमति थियो । अहिले लिभिङ टुगेदरको प्रावधानले प्रेमलाई विस्तृत र सम्भोग व्यवस्थालाई फराकिलो बनाइदिएको छ । – एल बी-क्षेत्री |
Meghdutma Ke Chha – Bishworaj Adhikari
Reviews
There are no reviews yet