यस पुस्तकमा परमपूज्य श्री श्री रवि शंकरज्यूका धेरै प्रवचनका अंशहरू संकलन गरिएको छ । भारतको नयाँ दिल्लीबाट शुरू भएको यो यात्रा ऋषिकेशमा पुगेर समाप्त भएको छ र यसमा संसारका धेरै मार्गहरू समाहित भएका छन् । यस पुस्तकमा श्री श्री ले शंका र डरदेखि लिएर प्रेम र वैराग्यसम्मका धेरै विषयमा चर्चा गर्नभएको छ । आध्यात्मिक पथमा रहनुको अर्थ के हो भन्ने बारेमा वहाँ भन्नुहुन्छ “यो सेवा, साधना र समर्पणको पथ हो । उहाँले हामीलाई ईश्वरको ज्ञानसम्म पुयाएर हाम्रो अन्तरात्मामा फर्काएर ल्याउनुहुन्छ, जुनकुरा हामीले प्रायः नजानिकनै खोजिरहेका छौं । “केही प्रश्नहरूको उत्तर केवल मौन रहेरमात्र दिन सकिन्छ । तिम्रो आत्मा मौनको सघन अवस्था हो । यही सघन मौन नै विवेक र ज्ञान हो ।” – परमपूज्य श्री श्री रवि शंकर द आर्ट अफ लिभिङ फाउण्डेशनका संस्थापक परमपूज्य श्री श्री रवि शंकरज्यू संसारभर यात्रा गरेर हामीलाई शिक्षा दिनुहुन्छ र याद दिलाउनु हुन्छ कि महान आध्यात्मिक परम्पराका समान लक्ष्य र मूल्यहरू छन् । उहाँका प्रेम, व्यावहारिक ज्ञान र करूणा सम्वन्धी सरल सन्देशहरूले सबै क्षेत्रका मानिसहरूलाई निरन्तर प्रेरणा दिइरहन्छन् । साथै, उहाँले सबैलाई अरूको पथको सम्मान गर्दै उनीहरू आफैले रोजेको धार्मिक वा आध्यात्मिक पथ अवलम्वन गर्ने प्रेरणा दिनुहुन्छ । उहाँका प्रवचन र अन्य कार्यक्रमहरूले संसारभरका मानिसलाई तनाव घटाउन, शारीरिक र भावनात्मक समस्या समाधानको अनूभूति दिलाउन र आत्मीयताको भावना विकास गर्न सहायता पुगेको छ । |
Maun Utsav – Shre Shree Rabi Shankar
Reviews
There are no reviews yet