Matrishakti Tattwa Rahasya (Shreemaddevibhagawat) – Santanupratap Rana

मातृशक्ति तत्त्व रहस्य (श्रीमद्देवीभगवत्) – सन्तनुप्रतप राणा

2,699

Availability: 5 in stock

SKU: Matrishakti Tattwa Rahasya (Shreemaddevibhagawat) (RBD) Categories: , Tags: ,

श्रीमद्देवीभागवत महापुराण परम पवित्र एवं वेदहरूको सार हो । यो पढ्नाले र सुन्नाले वेदपाठी समान फलको भागी होइन्छ । संसाररूपी समुद्र पार गराउने भगवती जगदम्बा नै एक भरपर्दो नौका हुनुहुन्छ |
देवीको मुखकलमबाट यस्तो भनियो- “सर्वं खल्विदमेवाहं नान्यदस्ति सनातनम् अर्थात् यो सारा जगत् म नै हुँ, म सिवाय अरू कुनै अविनाशी वस्तु छँदै छैन ।” यो जुन आधा श्लोक निक्लेको थियो, यसैको “श्रीमद्देवीभागवत” नाम रहृयो । यो पुराण वेदको बोध हो । वट वृक्षको पातमा शयन गरेका विष्णुलाई देवीले यसको उपदेश गरेकी थिइन् । यसैलाई सर्वप्रथम ब्रहृमाजीले सात करोड श्लोकमा विस्तारपूर्वक वर्णन गरे । तत्पश्चात् वेदव्यासजीले यसको सारभागलाई एकत्रित गरी यस पुराणको रचना गरे । यसलाई १२ स्कन्धमा सजाए । उही समय यसको नाम “श्रीमद्देवीभागवत’ राखे । यो समान पवित्र, पापनाशक र पुण्यप्रद अर्को कुनै पुराण छैन ।
कलियुगका मनुष्य धर्म र आचारले हीन एवं अल्पायु हुने भएकोले उनको कल्याणका लागि भगवान् व्यासले यो अमृत तुल्य पुराणको निर्माण गरेका छन् ।
श्रीमद्देवीभागवत पुराण जगदम्बिकालाई प्रसन्न तुल्याउने साधन हो । श्रीमद्देवीभागवत परम पावन पुराण हो । धर्मराज युधिष्ठिरले यसमा धर्मको व्याख्या गरेका छन् । गायत्रीको रहस्य, निवासभूत भगवतीको मणिद्वीपको वर्णन पनि यसमा छ । जसको सम्पूर्ण प्रभावलाई महान् देवतागण पनि जान्दैनन्, जसको चरणकमलको धुलोको प्रभावले ब्रहृमाजी यस जगत्‌को सृष्टि गर्छन्, विष्णु पालन गर्छन् र रूद्र संहार गर्नमा सफल हुन्छन् । भगवतीको सबैभन्दा ठूलो आराधना भनेको उहाँ सर्वव्यापी परम चैतन्य सत्ताको वास्तविक ज्ञान प्राप्त गर्नु हो ।

Matrishakti Tattwa Rahasya (Shreemaddevibhagawat) – Santanupratap Rana

Weight 2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon