संस्मरणात्मक शैली अपनाएर आख्यानको नजिक रहँदै लेखिएको माओवादी जनयुद्ध (कैदी नम्बर ५१ को बयान) एउटा भुक्तभोगी राजनीतिक कार्यकर्ता र समाज रूपान्तरणमा आफूलाई समर्पित गरेको इमानदार नेपाली नागरिकको अनुभूतिमय दस्ताबेज हो । आफ्नो जीवनको कष्टकर भोगाइलाई रोचक पारामा प्रस्तुत गरेर पाठकलाई आकर्षित गर्नसक्ने नेपाली वाङ्मयका फाँटमा पदार्पण गरेको यस कृतिका लेखक मेरा दाइ कृष्ण माबुहाङलाई हार्दिक बधाइ छ ।
प्रह्लाद पोख्रेल, महाप्रवन्धक, साझा प्रकाशन
|
“मान्छेले जीवनमा जन्मनु, हुर्कनु, र मर्नु उसको नियमित प्रक्रिया हो । तिनै कुरा मान्छेले भोग्नु बाहेक अर्को दुनियाँमा यदि देख्न, हेर्न, जान्न मन भयो भने त्यो साहित्य सृजनाले अवसर दिन्छ । कृष्ण माबुहाङ साहित्य सृजनामा परिचित नाम होइन । तर मान्छेहरू बिच उनी त्यस्ता व्यक्तित्त्व हुन्, जसले जीवन भोगे र आफूले भोगेको जीवन साहित्यमा लिपिबद्ध उतारे । ‘माओवादी जनयुद्ध’ अर्धआख्यान र साहित्यिक कृति उनैको सृजना हो। जुनसुकै राजनीतिको नाम, लक्ष्य र काम त्यो कति सफल भयो? राजनीतिको नेतृत्व गर्नेहरूले बुझेका होलान् । तर एउटा समाजले सोचेको, भोगेको र पुगेको जुन अवस्था छ, त्यो सायदै नेतृत्व वर्गले बुझ्छन् । तर साहित्यिक सृजनाले चित्रण गर्छ, जुन कुरो मैले यो कृतिमा पाएको छु। युद्ध साहित्यको दुनियाँमा यो कृति एक अद्वितीय योगदान लाग्यो। ”
विमला तुङ्खेवा, अध्यक्ष, संचारिका समूह
Maobadi Janayuddha (Kaidi No 51 ko Bayaan) – Krishan Mabuhan
Reviews
There are no reviews yet