आधुनिक भारतीय नेपाली कविताको फाँटमा मनप्रसाद सुब्बलाई चिनाइरहनु पर्दैन । बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरु, बुख्याँचाहरूको देशमा, ऊष्मा, आदिम बस्ती, ऋतु-क्यान्भासमा रेखाहरु, अक्षर- अर्केष्ट्रा, किनाराका आवाजहरु (संयुक्तलेखन), भुइँफुट्टा शब्दहरु तथा नेत्तिफुङको बास्ना गरी नौ कविताकृतिका स्रष्टा सुब्बाले आदिम बस्तीका लागि सन् १९९८ मा भारतको प्रतिष्ठित साहित्य अकादमी पुरस्कार जितेका थिए । आज पनि उनको कलम उत्तिकै सक्रिय छ, र कविता लेखनका अतिरिक्त सैद्धान्तिक लेखरचना र अनुवादमा पनि उनी आफूलाई पोखिरहेका छन् ।
मनप्रसाद सुब्बा कथ्य र शिल्प दुवै हिसाबले एक प्रयोगधर्मी कवि हुन् । उनी आफ्नै पनि कुनै कथ्य र शिल्पमा दोहोरिएर प्रस्तुत भएनन् । पश्चिमा सिद्धान्तहरुका पनि राम्रा जानकार कवि सुब्बाले कुनै पनि नयाँ प्रयोगलाई यहाँ भित्रनुपूर्व नै महसुस गरे र आफ्ना समकक्षीहरु भन्दा एक कदम अगाडि रहेरै सोचे । उत्तरआधुनिक चिन्तनको प्रयोगपक्ष होस् अथवा किनारीकृतहरूको अधिकारलाई नेपाली कविताको मूल प्रवाहमा समेट्ने कुरा होस्, कवि सुब्बा सधैँ अगाडि नै रहे । नौ कविता सङ्ग्रहमा आएका । उनका विविध र प्रयोगशील कवितालाई जोडिराख्ने उनको विश्वदृष्टि भनेको मान्छेको संवेदना, अधिकार, वा मूल्य नै हुन्, जसको ह्रास सम्पूर्ण मानव सभ्यताका लागि एउटा गम्भीर चुनौती बनेको छ ।
Manaprasad Subbaka Pratinidhi Kabita – Manaprasad Subba
Manaprasad Subbaka Pratinidhi Kabita – Manaprasad Subba
मनप्रसाद सुब्बाका प्रतिनिधि कविता – मनप्रसाद सुब्बा
₨705
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet