आजभन्दा साढे तीन शताब्दीपूर्व अर्थात् विक्रमाब्द १७४३ वरपर रहेका बेनीबजार, ढोलठाना र ज्यामरुककोटजस्ता बाईसी-चौबीसी राज्यकालको कथा हो- महारानी ।
तत्कालीन पर्वतले विकास गरेको अनि भानुभक्तले रामायण लेख्दा सापट लिएको भाषिकाको मौलिक लवजमा वास्तविक चरित्र बोकेका ऐतिहासिक पात्रमार्फत् भुरे टाकुरे राज्यहरूको सामाजिक, प्रशासनिक, आर्थिक, न्यायिक र सांस्कृतिक व्यवस्थाको चित्रण गरिएको समाजको रीति-संस्कृतिको कथा पनि हो यो ।
तत्कालीन कथित कुलीन र सम्भ्रान्त समाजले नारीलाई निर्दयतापूर्वक कसरी उपयोग गर्थ्यो भन्ने प्रतिनिधि पात्र हुन्- महारानी ।
इतिहासको पानामा स्थान नपाएको ऐतिहासिक कथा अनि ऐतिहासिक घटनाहरूमा छलछाम गरी कसरी किंवदन्ती बनाइन्छन् भन्ने सत्यलाई उधिन्ने कोसिस पनि हो— महारानी ।
Maharani (Book Hill) – Chandraprakash Baniya
Maharani (Book Hill) – Chandra Prakash Baniya
महारानी– चन्द्रप्रकाश बानियाँ
₨555
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet