Shop Online For Books | Stationery | Fashion | Gift Items

Mahabhhukampa Pachhiko Punarnirman – Mohanmurti Panta

500

Availability: 5 in stock

SKU: Mahabhhukampa Pachhiko Punarnirman (RBD) Categories: , Tag:

Mahabhhukampa Pachhiko Punarnirman – Mohanmurti Panta |

यो पुस्तक सन् १९९५ मा जापानमा गएको हानसिन-आवाजी महाभूकम्पपछिको पुनर्निर्माण कार्यको लेखाजोखामा केन्द्रित छ । यसमा कोबे र कुमामोतो शहरको पुनर्निर्माणको पाटोलाई सक्षिप्त रूपमा समेटिएको छ । त्यसमध्ये कोबे शहरको पश्चिमी क्षेत्रमा पर्ने नागाता वार्डको एक इलाकाको आवास पुनर्निर्माण सम्बन्धमा विस्तृत अध्ययन गरि पुनर्निर्माणका विविध पाटाहरूको अन्तरसम्बन्ध र सरोकारवालाको भूमिकामाथि प्रकाश पारिएको छ । कोबे नजिकैको आवाजी टापुका ग्रामीण बजारबस्ती पनि स्थलगत अध्ययनमा समेटिएका छन् । कुमामोतोको पुरानो बसोबास क्षेत्रको रुपमा रहेको सिनमाची, फुरूमाची एवम् भूकम्पको केन्द्रविन्दु मासिकीको पनि अध्ययन गरिएको छ ।
विपदपछिको पुनर्निर्माणसँग सम्बन्धित यी स्थलगत अध्ययनले विशेषतः पुनर्निर्माण योजनाको आकार, शहर–बस्तीको इतिहास र शहरी जीवनशैलीबारे प्रकाश पारेका छन् । यसमा उठाइएका विषयवस्तु संस्थागत संरचना, कानुनी संरचना, सरोकार समूहका सवाल, भौतिक योजनाको निरूपणदेखि बसोबासका लागि अरु उपयुक्त वातावरण निर्माण गर्ने उपायसँग सम्बन्धित छन् । हरेक ठाउँको आ–आफ्नै विशिष्ट इतिहास रहेको तथा भूकम्पले पुयाएको क्षतिको प्रकृति पनि फरक-फरक रहेकाले पुनर्निर्माणमा पनि ठाउँ अनुसार फरक–फरक शैली अपनाइएका छन् । विपद्पछिको पुनर्निर्माणका विविध पक्षको विवेचनामा नक्सा–चित्र र तथ्यांकको प्रयोग गर्दै जापानकै अनुसन्धान र समालोचनाका प्रसंग जोडेर गरिएको यो अध्ययन शहरबस्तीको योजना निर्माण र कार्यान्वयनमा एक सान्दर्भिक पाठ हुन सक्नेछ ।
Weight 0.3 kg
Authors

Language

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon