Magar Jaati – Gopal Siwakoti

मगर जाति– गोपाल शिवाकोटी

395

Availability: 5 in stock

लेखकको परिचय
प्राध्यापक डाक्टर गोपाल शिवाकोटी सन् १९८१ देखि त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक हुन् । उनी यस अघिदेखि नै शिक्षणसम्बन्धी कार्यमा संलग्न हुदै आएका छन् र राजनीति विज्ञानसम्बन्धी विभिन्न गतिविधिमा संलग्न रहेका छन् । सन् १८४८ मा तात्कालीन पूर्व २ नम्बर इलाका र हाल सुस्पा क्षमावती गाविस ८ ओखलढुंगामा थामी जातिको बाहुल्य भएको गाउँको एक निम्न मध्यमवर्गीय पहाडे धार्मिक ब्राह्मण परिवारमा बुवा षडानन्द र आमा हरिमायाका एघार सन्तानमध्ये चौथो सन्तानको रूपमा जन्मेका उनको प्रारम्भिक
शिक्षा घरमा नै स्कुलअन्तर्गत र प्राथमिक शिक्षा लामानाजी प्राथमिक पाठशालामा र निम्न माध्यमिक शिक्षा स्थानीय क्षमावती माध्यमिक विद्यालय तथा प्रवेशिका काठमाडौं डिल्लीबजारस्थित तात्कालीन विजय एडल्ट स्कुलमा भएको हो । उच्च शिक्षा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक, राजनीतिशास्त्रमा स्नातकोत्तर र परराष्ट्र सम्बन्धमा विद्यावारिधि गरेका हुन् ।
शैक्षिक क्षेत्रका साथै सन् १८७६ देखि साहित्यिक पत्रकारितामा संलग्न भई १५०० देखि पत्रकारिताका विभिन्न क्षेत्रमा संलग्न रही पत्रकारिताका विभिन्न गतिविधिमा समेत संलग्न रहेका छन् । यस क्रममा छापा पत्रकारिता, विद्युतीय माध्यमको पत्रकारिता तथा संसदीय पत्रकारितामा संलग्न भई कार्य गरेका छन् । विद्यार्थी कालदेखि नै वामपन्थी गतिविधिमा संलग्न भएका उनलाई विभिन्न समयमा पक्राउ गरी जेल हाल्ने, स्थान हद नजरबन्द गरिने, राजकाजसम्बन्धी मुद्दाहरू लगाउनेजस्ता कार्यबाट विभिन्न समयमा प्रशासनिक दमन र राजनीतिक प्रतिशोधको सिकार बनेका थिए । पत्रपत्रिकामा लेखेका सामग्री तथा सम्पादनको विषयलाई लिएर पक्राउ गर्ने, थुनछेक गर्ने, बयान लिने, मुद्दा खेप्ने, मुद्दा लगाएर दुःख दिनेजस्ता काम उनीमाथि भए । नेकपा मालेबाट कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका उनी हाल एकीकृत नेकपा माओवादीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य छन् । नेपाल र राजनीतिशास्त्र संघका महासचिव, नेपाल श्रमजीवी पत्रकार संघका अध्यक्ष, राइटर्स क्लबका अध्यक्ष, नेपाल प्राध्यापक संघ तथा पत्रकार संघका केन्द्रीय सदस्य, प्रेस काउन्सिलका सदस्य, नेपाल – रूस मैत्री संघका महासचिवजस्ता संघसंस्थामा रही संगठनका गतिविधिमा कार्य गरिसकेका छन् ।
उनका राजनीति तथा अन्य विषयका लगभग दर्जनौं पुस्तकहरू प्रकाशित छन् । विभिन्न पत्रपत्रिकामा सयौं समसामयिक तथा खोजमूलक र सैद्धान्तिक लेखहरूसमेत प्रकाशित छन् । शिवाकोटीले एसियाका केही मुलुकहरू भारत, श्रीलंका, थाइल्यान्ड तथा उत्तर कोरिया र नेपालका विभिन्न स्थानहरूको भ्रमण गरेका छन् । २०५८ सालदेखि आँखा नदेख्ने र २०६१ सालदेखि मुगौला रोगबाट पीडित भई मधुमेह, कानको समस्या रहेका शिवाकोटी अस्वस्थ भए पनि निरन्तर प्राज्ञिक र लेखन गतिविधिमा सक्रिय छन् । यो अशक्तताबीचको सशक्ततालाई हामीले उनको सम्मान गर्नैपर्छ ।
उनको नयाँ कुरा जान्ने उत्कृट इच्छा, मेहनत, अरूबाट केही प्राप्त गर्नेभन्दा अरुलाई के दिन सकिन्छ, समाज र मुलुकलाई के दिन सकिन्छ भन्ने अज्रस चाहना शिवाकोटीमा छ । प्रतिकूल स्वास्थ्य हुँदा पनि अथक मेहनत र बौद्धिक कार्यमा संलग्न रहने उनीबाट अन्य गहन बौद्धिक सामग्रीहरू प्राप्त हुने आशा र विश्वास लिइएको छ ।

Magar Jaati – Gopal Siwakoti

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon