साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टा रविकिरण निर्जीव (रविकिरण रेग्मी २००३) को सृजनायात्रा २०२० को दशकबाट नै आरम्भ भएर आएको हो । कविता, निबन्ध र आख्यान सृजनामा क्रियाशील देखिने निर्जीवको पहिलो सृजन यात्रा कविताबाट आरम्भ भएको देखिन्छ । उनको पहिलो पुस्तककार कृति नवजीवनको फूलबारी (कविता सङ्ग्रह २०२३) मा नै प्रकाशनमा आएको देखिन्छ । उनका कविता काव्यकृतिहरूमा रगत र पसिनाको बस्ती (खण्डकाव्य २०४२) प्रकाशनमा आएको देखिन्छ । त्यस्तै निबन्ध कृतिहरूमा सोझा निर्जीवका बाङ्गा निबन्धहरू (२०४७), सोझा निर्जीवका थप बाङ्गा निबन्धहरू (२०६४), आत्मदान (आत्मकथात्मक सृजना २०६८), थारु र एबोको सांस्कृतिक दुरुस्ती (२०७०), भदौरे झरी (२०७४ निबन्ध) जस्ता कृतिले निर्जीवलाई निबन्धकारका रूपमा परिचित गराएका छन् ।
निर्जीव निबन्धकार र कवि तथा आख्यानकारका रूपमा पनि परिचित प्रतिभा देखिन्छन् । उनको पहिलो उपन्यास कृति कालो कर्णालीको सेतो छाया र आमाको दूधको भारा (२०५६ र २०७२) मा प्रकाशित भएका छन् । यस क्रमको तेस्रो कृति मधुर मिलन शीर्षकमा प्रकाशनको सँघारमा उभिएको स्थितिमा यस पङ्क्तिकारसँग भेट भएको छ । मध्यम आयामको आकृतिमा तयार भएको प्रस्तुत कृति आञ्चलिकताका विषयलाई समेट्ने कृतिका रूपमा देखिएको छ ।
Madhur Milan – Rabikiran Nirjib
Madhur Milan – Rabikiran Nirjib
मधुर मिलन – रबिकिरण निर्जीव
₨500
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet