Madhesh Pradeshama Paidal Anusandhan – Sohan Prasad Sah;Devraj Humagai

मधेश प्रदेशमा पैदल अनुसन्धन – सोहनप्रसाद साह, देवराज हुमागाईं

300

Availability: 5 in stock

SKU: Madhesh Pradeshama Paidal Anusandhan (RBD) Categories: , Tag:

स्थानीय क्षेत्रमा विभिन्न संघ-संस्थामा आबद्ध भई वा स्वतन्त्र रूपमा विविध विषय तथा मुद्दामा पैरवी गरिरहेका अधिकारकर्मीहरूका अनुभव वा आफ्ना गाउँ-ठाउँका सामाजिक-राजनीतिक मुद्दाबारे तिनले बटुलेका अप्रशोधित तथ्य/तथ्यांक प्राज्ञिक अनुसन्धानका खँदिला स्रोत-सामग्री हुन् । यद्यपि, ज्ञान उत्पादनको राजनीतिमा भुइँ तहमा बसेर काम गर्ने पैरवीकर्ताहरूलाई अनुसन्धान गर्न “अयोग्य” ठानिन्छ । उनीहरूले सूचना, जानकारी त संकलन गर्न सक्छन्, तर तिनलाई प्रशोधन गर्न र अझ व्यवस्थित रूपमा अभिलेखबद्ध गर्न सक्दैनन् भन्ने ठानिन्छ । फलतः स्थानीय क्षेत्रका मुद्दासँग नियमित साक्षात्कार गरिरहेका व्यक्तिका अनुभवजन्य ज्ञान ओझेलमा परेका छन् । मार्टिन चौतारीले कार्यान्वयन गर्दैआएको पैदल अनुसन्धान पहल मुख्यतः अनुसन्धान अवसरबाट वञ्चित भएका व्यक्तिहरूलाई आफ्नो “अनुसन्धान अधिकार” दाबी गर्न प्रोत्साहित गर्ने र भुइँ तहमा सिर्जित ज्ञानको व्यवस्थित दस्तावेजीकरण तथा प्रसार गर्ने उद्देश्यले प्रेरित छ । प्रस्तुत पुस्तक मधेश प्रदेशमा पैदल अनुसन्धान सोही पहलको एक उपज हो ।
पुस्तकमा संगृहीत एक दर्जन लेखले विगतका अनुसन्धानले नसमेटेका मधेश प्रदेशका महत्त्वपूर्ण विषयवस्तुलाई उजागर मात्र गर्दैनन्, तीबारे आगामी दिनमा सुसूचित बहस र पैरवी गर्न आधारभूमि र उत्प्रेरणा दिन्छन् । साथै, स्थानीय परिवेश सुहाउँदा नीति-निर्माणका लागि समेत तिनले सम्बन्धित पक्षलाई झक्झक्याउँछन् । नेपालको मधेश क्षेत्र र विभेदका सामाजिक-सांस्कृतिक आयाम, स्थानीय सुशासन, सामाजिक तथा राजनीतिक हिंसा, भू-स्वामित्त्वका मुद्दा, आदि विषयमा रुचि हुने पाठकका लागि मधेश प्रदेशमा पैदल अनुसन्धान उपयोगी हुनेछ ।
सोहन प्रसाद साह र देवराज हुमागाईं मार्टिन चौतारीका अध्येता
Madhesh Pradeshama Paidal Anusandhan – Sohan Prasad Sah;Devraj Humagai

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon