डायस्पोराबाट देशमा आउँदा यिनले आफ्नो फरक परिचय सार्वजनिक गरेका छन् । राजनीतिक नारासँगको बिछोडले यिनका कवितालाई प्रचारको खतराबाट बाहिर राखेका छन् । कोमलका प्रस्तुत कविताले बेलायत र नेपालको सम्बन्ध जोडिएको छ, समकालीन युग जोडिएको छ । कोमलका कवितामा संवेदनाको शक्ति छ । भावनात्मक सुन्दरताको उदारण दिने यिनका कविता पाठकहरूसँग पुग्ने मुडमा छन् । कोमलको कविताले कोमल नेपालको कवि बन्ने इतिहास छोडेको छ । परिवर्तनको स्वाङमा एकथरी जिन्दाबादको एकथरी मुर्दाबादको नारामा हिँडे पनि यिनका कविताले मानिससित सम्बन्धको अन्त्य गर्न मान्दैनन् ।। यिनका कवितामा आशुकविको नयाँ तरङ्ग छ । शासन गर्नेहरूबाट समयको सत्य निरूपण हुन्छ हुँदैन यिनको कविताले छोडेको प्रश्न यही हो । कोमलले आफ्नो प्रेमको हकको देशको नाममा गरेको नामसारी यही हो । देशको माटो लुछाचुंडी गर्नेहरूका माझ ईश्वरलाई कसको हार र कसको जितमा उठाउने यिनले समयसँग गरेको प्रश्न यही हो। – गोपाल पराजुली |
Ma Ke Lekhu – Komal Prasad Shrestha
Reviews
There are no reviews yet