Ma Desh Lekhchhu – Komal Malla

मा देश लेख्छु – कोमल मल्ल

150

Availability: 5 in stock

SKU: Ma Desh Lekhchhu (RBD) Categories: , Tag:
समसामयिक घटना र परिवेशबाट अत्यधिक प्रभावित हुने भावुक कवि कोमल श्रेष्ठ मल्ल यसपालि ‘म देश लेख्छु’ कविताकृति लिएर प्रकट हुनुभएको छ । पाठकहरू यहाँका प्रस्ट र स्वस्फूर्त अभिव्यक्तिहरूबाट सदाझै अभिप्रेरित हुनुहुनेछ भन्नेमा विश्वस्त छु ।
खगेन्द्र नेपाली पूर्वअध्यक्ष- नेपाली साहित्य विकास परिषद्, बेलायत
कोमल श्रेष्ठ मल्ल
कोमलका कवितामा नेपालको झन्डाको संवेदना छ । माटोको चेतना | यही चेतनाले यिनी देशसँग जोडिएका छन् । संवेदनाको प्रबल वेगमा उठ्ने यिनका कवितामा देखिनेछ एउटा निश्छल कविको उपस्थिति र निर्विरोध त्यसको छाया ।
गोपाल पराजुली कवि, कथाकार, नाटककार

कोमलप्रसाद श्रेष्ठ मल्लका कविता र गीत शान्ति, सामाजिक सद्भाव र सहिष्णुको पक्षमा आएका काव्यिक दलिल हुन् । समाज र राष्ट्रको जीवनमा देखा परेका विपर्यासहरूको उच्छेदन उनका कविताको एउटा प्याटेन्ट स्वभाव हो । उनको कविताको धुरीमा राष्ट्रप्रेम नै प्रतिपल प्रतिध्वनित भइरहेको पाइन्छ, यद्यपि प्रेम, मान्छेका स्वाभाविक सीमा, मृत्युबोध, घट्दो मानवीय मूल्य, श्रम र सङ्घर्ष पनि उनको कविताको पटमा सुन्दर ढङ्गले अटाएका विषयहरू हुन् क्लिष्ट र बोझिल बनाउनुको सट्टा उनले सरल र सङ्गीतमय शब्दहरूको चयन गरेर आफ्ना कवितालाई सर्वस्पर्शी बनाएका छन् उनी कोमल छन् र रुमानी पनि छन् । कतै कठोर पनि छन् रे प्रतीकात्मक शैलीमा निकै आलोचनात्मक पनि छन् ।
महेश पौड्याल साहित्यकार, समालोचक
कोहिनूर मल्ल

Ma Desh Lekhchhu – Komal Malla

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon