Lokkathako Fanko – Krishna Prasad Parajuli |
प्रस्तुत पुस्तकमा लोकोक्त्तिमा पाइने लोककथाका अनेक अंशहरूका बारेमा प्रकाश पारिएको छ । उखान टुक्का र गाउँखाने कथाजस्ता लघु कथनका लोकोक्तिमा कथाको अपेक्षा गर्नु कठिन नै हुने भए पनि कथाको चुरोचाहिँ तिनमा पनि भेटिने चर्चा पुस्तकमा गरिएको छ । विशेषगरी प्रस्तुत पुस्तकमा कथामा निहित लोककथाका बान्कीहरूका बारेमा महत्त्वका साथ व्याख्या गरिएको छ । –
पुस्तकमा लोककथाको अध्ययनका सिलसिलामा लामो फन्कोमार्ने सन्दर्भमा विश्लेषण गरिएअनुसार जीवनमा हाँस्नु खेल्नु , बस्नु उठ्नु , खानु रमाउनु , बाँच्नु – मर्नु आदि अनेक क्रिया – प्रतिक्रिया हुन्छन् । सामाजिक जीवनका पाइला – पाइलामा कथाका मिल्का पाइन्छन् कतै सूक्ष्म र कतै विशद । लोकोक्तिका कथाको स्थिति पनि त्यसरी नै भाँगिएको छ । लोकोक्तिका प्रकार , तिनको बनोट र बुनोट सङ्क्षिप्त भए पनि कथानकले युक्त हुन्छन् । थाहा नपाइँदो गरी आएका र उधिन्नुपर्ने लोकोक्तिका निहित कथातत्त्व त्यसका प्राण हुन् । तिनले नेपाली भाषालाई सिँगारेका मात्र होइनन् , नेपाली संस्कृति र जीवनशैलीलाई समेत टड्कारै प्रस्तुत गरेका छन् । नेपाली लोककथालाई बुझ्ने , तिनको उद्गम र विस्तारको विवेचना गर्ने र तिनको अर्थ , अभिप्राय र प्रभावका बारेमा विश्लेषण गर्ने सन्दर्भमा प्रस्तुत पुस्तक निकै नै खोजपूर्ण रहेको छ । |
Reviews
There are no reviews yet