“डी. बी. आङ्बुङ विष्णुदत्त आङ्बुहाङ लिम्बू जातिमा मातृभाषामा नाम राख्ने अभियान आन्दोलनका रूपमा बढेपछि नाम कस्तो कस्तो राख्ने भनेर नामसम्बन्धी किताबहरू पनि निकैवटा प्रकाशित भएका छन्- विगत ३० वर्षभित्र । प्रस्तुत पुस्तक “लिम्बू नामकोश” पनि त्यसैको पछिल्लो कडी हो, तर आफ्नै महत्त्व र विशेषता बोकेको । यस पुस्तकका सङ्कलक/सम्पादक/लेखकद्वय श्री डी. बी. आङ्बुङ तथा विष्णुदत्त आङ्बुहाङ लिम्बू समाज, भाषा, साहित्य, मुन्धुम तथा संस्कृतिको अध्ययन, अनुसन्धान र प्रकाशनका क्षेत्रमा सुपरिचित नाम हुन् । यस पुस्तक तयार गर्न नाम शब्द सङ्कलन गर्दा र प्रकाशनको दिशामा अघि बढ्दा संयोजनकारी भूमिका निर्वाह गर्ने मदन पुरस्कार विजेता इतिहास अध्ययनमा अग्रणी श्री भगिराज इङ्नाम हुनुहुन्छ । दैनिक व्यवहारमा अति नै आवश्यकता महसुस गरिएको विषयमा तयार गरिएको यस पुस्तकको गरिमा र महत्त्व त लेखकद्वय तथा संयोजकका नामले नै पनि पुष्टि हुन्छ । बैरागी काइँला यस लिम्बू नामकोशका सङ्कलकद्वय डी. बी. आङबुङ् र विष्णुदत्त, आङबुहाङ् हुन् । पुख्यौंली थलो आठराई त्रिवेणी गाउँपालिका ३ ताप्लेजुङ थातथलो भई हाल क्यालगरी क्यानाडा बसोबास गर्दछन् । सङ्कलक विष्णुदत्त आङबुहाङ याक्थुङ लिम्बूजातिको संस्कार-संस्कृतिको संवृद्धि, संरक्षण, सम्वर्धन, विकास र उत्थान गर्नमा हरपल सहयोग गर्ने एक अभियन्ता हुन् । अर्का लेखक तथा सङ्कलक डी. बी. आङ्बुङ् हुन् । उनी फेदाप गाउँपालिका १ सिम्ले, तेह्रथुम घरभई हाल अस्थायी रूपमा ललितपुर तिखेदेवलमा रहेर आफ्नो कर्म गरिरहेका छन् । उनी मानवशास्त्र, भाषाशास्त्र, शिक्षाशास्त्र, मुन्धुम र इतिहासका विद्यार्थी हुन् ।
Limbu Namkosh- D.B. Anbunga;Bishnu Datta Anbunhang
Reviews
There are no reviews yet