लेफ्ट- -राइट : सत्ता र शक्तिको ‘अ’राजनीति पुस्तकले नैतिक र अनैतिकको लक्ष्मणरेखा मेटिएको राजनीति खोतल्ने प्रयास गरेको छ । जहाँ नीति, नियम, नैतिकता, मूल्य-मान्यता, सिद्धान्त, सवाल, व्यवस्था, विधि-विधान, संविधान, प्रावधान, पद्धति, प्रक्रिया, प्रचलन, आदर्श, मर्यादा, परम्परा, इमानदारिता, पारदर्शिता, औचित्य, विवेक, शिष्टाचार र लाज सरम सबैको नजरअन्दाज छ । शक्ति, सत्ता र पद प्राप्तिका लागि जायज नाजायज सबै कसरत भएका छन् । षड्यन्त्रै-षड्यन्त्र, धोकै धोका, अन्तर पार्टी संघर्ष र भूराजनीतिक टकराव देखिन्छ। नेताहरूमा धेरै हदसम्म मिडियासँगको डरको पनि अन्त्य छ । पुस्तकमा कहिले दायाँ र कहिले बायाँतिर मोडिने नेपाली राजनीतिक नेतृत्वको दुर्भाग्यपूर्ण कंटु सत्य उजागरको प्रयास छ ।
डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय नेत्र पन्थी हाल नयाँ पत्रिका राष्ट्रिय दैनिकमा राजनीतिक सम्पादक छन् । यसअघि उनका डिभोर्स : प्रचण्ड र बाबुरामको (२०७२), माओवादीभित्र अन्तरसङ्घर्ष (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) नामक पुस्तक प्रकाशित छन् । यसबाहेक पन्थीले पर्खाइका चार वर्ष (२०६४), सङ्घर्षका तीन दशक (२०६५), जङ्गलमा रेडियो (२०६६) र गुरिल्ला कपल (२०६८) नामक डकुमेन्ट्रीको निर्माण-निर्देशन गरेका छन् ।
Left Right – Netra Panthi
Reviews
There are no reviews yet