Lati – Pallawib

लाटी– पल्लविब

400

Availability: 2 in stock

SKU: Lati Categories: , Tag:

दार्जिलिङे युवा कविहरूको पछिल्लो चरणको हाँचमा प्रेमिल कविताभित्र छुट्टै शिल्प र सौन्दर्यको बाटो भएर हिँडिरहेका एकजना सशक्त कविको पदचाप सुनिँदैथ्यो। ती कविको कविता वाचन शैली पनि मनमोहका किराँती बोजूहरूको भाकामा लेघ्रो तानी तानी कविताको कथ्य र कथनको सत्यलाई समातेर अत्यन्त सुन्दर भाव-भङ्गीमामा कविता वाचन गरी श्रोतालाई नाटकीय रूपमा बाँधेर राख्नसक्ने क्षमताशील कवि। कहिलेकाहीँ अङ्ग्रेजीमा लेखेका आफ्ना मौलिक कविताहरू लजाउँदै वाचन गरेर बुकआन्टका कवि मित्रहरूलाई सुनाउँदै गर्दा मैले पनि दुइ-चारचोटि श्रोता बन्ने औसर पाएको थिएँ।
“यस्ता सम्भावना बोकेका कविले नेपालीमा पनि कविता लेखे हुँदो हो” भन्ने लाग्थ्यो मलाई।
लेखेछन्।
नेपालको पोएट आइडोलमा उनलाई देखाँ “नेपाली आउँदैन” कि “अभ्यास छैन” – यस्तै के कसो भनेको जस्तै लाग्दैथ्यो।
तर काठमाडौंबाट ठुला नेपाली कवि र सफल नेपाली कवि भएर दार्जिलिङ फर्किए। अहिले, यसघडी नेपाली कविता सङ्ग्रह प्रकाशित गर्नतिर लाग्दैछन् भन्ने जान्न पाएँ। दार्जिलिङबाट गद्य-सम्राट् राजनारायण प्रधानले हामीलाई गद्यमा ‘काली केटी’ दिए। पद्यमा यस सङ्ग्रहका कविले हामीलाई ‘लाटी केटी’ दिँदैछन्। हामी बाठा-बाठी त होइनौँ। इबराले भनेझैँ ‘नलाटा-नलाटी’-हरूले स्वीकारौं कवि पल्लबिव पढौँ।
प्रिय कवि पल्लविबलाई हार्दिक
शुभकामना।
– ज्ञानेन
Lati – Pallawib

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon