ब्रिटिस गोर्खा रेजिमेन्टबाट सेवानिवृत्त विजय हितान हाल इङ्ल्यान्डको वातावरणीय संस्थानमा कार्यरत छन् । ग्रिनविच विश्वविद्यालयबाट वातावरण विज्ञानमा
स्नातकोत्तर गरेका उनले पर्या-साहित्य सिर्जनामा विशेष चिनारी बनाएका छन् । युद्धसाहित्य लेखनमा पनि सक्रिय उनका कविता, कथा, निबन्ध र नाटकका एक दर्जन पुस्तक प्रकाशित छन् । लाहुरेको रेलिमाई हितानको पहिलो आख्यान हो ।
‘
मास्टर मित्रसेनको जीवनकथामा आधारित आख्यान हो, लाहुरेको रेलिमाई । प्रथम विश्वयुद्धको विदारक वर्णन अनि मास्टर मित्रसेनको निजी जीवनमा आएको सुनामीले पाठकको मन-मस्तिष्क हल्लाउँछ । सङ्गीत र सत्सङ्गमार्फत नेपाली जातित्वको जागरणमा जीवनपर्यन्त उनको यात्रा वास्तवमै आख्यानिक लाग्छ । तथ्यमाथि आधारित कथ्यले पाठकको हृदय ससम्मान ओगट्नेछ ।
Lahureko Relimai – Bijaya Hitan
Reviews
There are no reviews yet.