जब अदक्ष प्रुफरिडरले शब्दका अक्षर छुट्टयाएझैँ
छुट्टयायौ मलाई
तिमीले आफ्नो हृदयको कारागारबाट त्यसपछि नै बन्दी भएको हुँ म बिग्रेको धाराभित्र बन्द पानीजस्तै ।
***
जसरी फूलसँगै अभिन्न हुन्छ सुवास जसरी पातसँगै अखण्ड रहन्छ हरियाली त्यसरी नै देश मसँग नि रहेको भए हुने थिइनँ म बागी कवि !
अभय श्रेष्ठका कवितामा भाषाको कल्पनापूर्ण नियन्त्रण छ । चेतनाको उचाइ र कलाको सुन्दर संयोजनयुक्त यी कविताले नेपाली कवितालाई नै नयाँ भाषा दिएका छन् । तिनले पहिले हृदय छुन्छन्, त्यसपछि गल हल्लाउँछन् । नेवाः संस्कृतिका बिम्बहरूले तिनको संरचनालाई अझै सघन बनाएका छन् । नेपालभाषामा ‘लहना’को अर्थ हो सभ्यता । बजार नियन्त्रित युगले मानव सभ्यताकै नाभीस्थलमा छुरा प्रहार गरिरहेको सूक्ष्म सङ्केत यी कविताले गर्छन् । श्रेष्ठ लोकतन्त्रको दुर्घटनाग्रस्त गाडीमा सवार यात्रीका वेदना, आक्रोश र संवेदनाका प्रतिनिधि कवि हुन् ।
Lahana Ra Tir – Abhaya Shrestha
Reviews
There are no reviews yet