Krishna – Shankar Prasad Gaire |
कृष्ण पौराणिक मिथकको जगमा उभिएको उपन्यास हो । यसले श्रीमद्भागवत महापुराणको दशम स्कन्ध तथा महाभारतका केही पर्वहरूलाई आफ्नो रचनागर्भ तुल्याएको छ । हाम्रा पुराणहरूले दैवीकरण तथा दानवीकरण गरेका पात्रहरूलाई मानवीकरण गरिएको यस कृतिमा वर्तमान अभिव्यञ्जित छ ।
मूलतः राजनीति र समाजचिन्तनलाई मुख्य विषय बनाएको यस कृतिले प्रेमको उच्चता , मित्रताको महत्त्व , इमान , सत्य , त्याग , समर्पण , मानवता , व्यक्तिस्वतन्त्रता र निष्ठाले मान्छेलाई सामान्य मान्छेबाट कसरी माथि उठाउँछ र त्यही व्यक्ति कसरी अन्य व्यक्तिका दृष्टिमा ईश्वर कहलाउँछ भन्ने दृष्टिकोण प्रस्तुत गरेको छ । सहज प्राप्ति र सस्तो लोकप्रियतामा रमाउनेहरूलाई यस कृतिले जीवन सङ्घर्ष , सत्य , निष्ठा र त्यागका मार्गबाट उपलब्ध हुने सफलताको महत्त्वबारे बोध गराउँछ । |
Reviews
There are no reviews yet