Krishakbinako Krishi – Toni Hagen

कृषकविनाको कृषि– टोनी हागन

300

Availability: 5 in stock

SKU: Krishakbinako Krishi Categories: , Tags: ,

सन् १९१७ मा जन्मेका स्वीस भूगर्भविद् टोनी हागन सन् १९५० मा स्वीस सरकारले नेपाल पठाएको प्राविधिक सहयोग टोलीको सदस्यका रूपमा पहिलो पटक नेपाल आएका थिए । त्यस प्राविधिक सहयोग टोलीको मुख्य काम नेपालमा पश्चिमा शैलीको विकास पद्धति थाल्नका लागि नेपाल सरकारलाई मद्दत गर्नु थियो । सरकारको अनुमतिबेगर विदेशीहरूले काठमाडौं बाहिर यात्रा गर्न नपाउने त्यस्तो बेलामा स्वीस टोलीको सदस्य भएका नाताले टोनी हागनले नेपालको ग्रामीण इलाका चहार्न पाए । त्यस घुमाइको अनुभवबाट हागनलाई त्यतिबेलासम्म ‘अज्ञात भूमि’ भनेर चिनिएको नेपालबारे अझै जान्ने बुझ्ने कौतूहल जाग्यो । उनको नेपालसितको पाँच दशकभन्दा लामो र निकट सम्बन्धको सुरुआत त्यहीँबाट भएको थियो ।
त्यसपछि संयुक्त राष्ट्रले टोनी हागनलाई नेपालको भौगर्भिक अध्ययन गर्ने काममा नियुक्त गयो । यसप्रकार उनी नेपालमा काम गर्ने पहिलो असली अन्तर्राष्ट्रिय विशेषज्ञ बन्न पुगे । त्यसै कामको सिलसिलामा उनी लगभग दश वर्ष नेपालको गाउँठाउँ घुमे । त्यस क्रममा उनले नेपालको करिब १४,००० किलोमिटरभन्दा बढी पैदल यात्रा गरे । उनी नेपालका कुनाकन्दरामा पुगे जहाँ उनीभन्दा पहिले कोही विदेशी पुगेको थिएन र अहिलेसम्म पनि थोरै मात्र पुगेका छन् ।

Krishakbinako Krishi – Toni Hagen

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon