KP Sharma Olika Praagik Sambodhan – Shasi Lumumbu

केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन — शशी लुमुम्बू

500

Availability: 5 in stock

SKU: KP Sharma Olika Praagik Sambodhan Categories: , Tags: ,

समकालीन नेपाली राजनीतिमा केपी शर्मा ओलीजत्तिको सोचाइ भएको, उचाइ भएको, दृढता भएको नेता अर्को छैन । उहाँ अहिलेको नेपालको सबैभन्दा अग्लो नेताका रूपमा हुनुहुन्छ । अग्लो नेता हुन सजिलो छैन, अग्लो नेता हुनका निम्ति जिम्मेवारी पनि अग्लो हुन्छ, चाहे पदमा रहँदा होस् वा पदमा नरहँदा होस् । यसअघि भारतका दुई जना पत्रकार नेपाल आएर उहाँको अन्तर्वार्ता लिएर गए । त्यो त्यहाँ प्रसारण भयो । प्रसारण भइसकेपछि नेपालमा यस्तो पनि प्रधानमन्त्री हुनुहुँदो रहेछ, जो विश्वका कुनै पनि प्रधानमन्त्रीसँग दाँजिन सक्नुहुन्छ भन्ने स्थिति सृजना भयो । त्यसपछि भारतले हामी (नेपाल)लाई हेर्ने दृष्टिकोण नै बदलियो । नेपालको प्रतिष्ठा ह्वात्तै माथि उठ्यो । आफ्नो देशभक्तिका निम्ति, निष्ठा र स्वाभिमानका निम्ति आफ्नो अडान राख्ने मान्छेलाई अरूले नरुचाए पनि सम्मान गर्न बाध्य हुनुपर्दो रहेछ । त्यसपछि भारतले एउटा राजदूतका रूपमा मलाई पनि पहिलाभन्दा बढ्ता सम्मान गर्न थाल्यो किनभने म एउटा सार्वभौम र स्वाभिमानी देशको प्रतिनिधि थिएँ, एउटा राजदूतका रूपमा ।
त्यसकारण म भन्ने गर्दछु, केपी शर्मा ओलीले देशको नक्सा मात्र बदल्नु भएन, देशको प्रतिष्ठालाई नै माथि उठाइदिनुभयो । ओलीजी भयङ्कर आशा राख्ने मानिस हो । जसले आशा राख्दैन, सपना देख्दैन त्यसले केही पनि गर्न सक्दैन । राजनेता केपी शर्मा ओलीमाथि अझ धेरै पुस्तकहरू लेखिने छन् । उहाँका विचारहरू देशका अमूल्य सम्पत्ति हुन्, सम्पदा हुन् । उहाँको ‘प्यारो जून फेरि उदाउने छ’ कविता मलाई अत्यन्त सान्दर्भिक लाग्दछ | उहाँको जीवनको सुन्दर पक्ष, अझ उपलब्धिपूर्ण पक्ष आउन बाँकी नै छ । उहाँको जीवनमा प्यारो जून फेरि उदाउन बाँकी नै छ । हामीलाई विश्वास छ, त्यो प्यारो जून अवश्य उदाउने छ ।
नीलाम्बर आचार्य
भारतका लागि पूर्व नेपाली राजदूत
KP Sharma Olika Praagik Sambodhan – Shasi Lumumbu

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon