साहित्यिक-किसानी पिताजीकै विरासतमा मिल्यो । मेरो साङ्गीतिक-किसानी गायक नारायणगोपाल गूरूवाचार्यले आयोजना गरेको ‘स्मृतिका कोसेली- हाम्रा गीतहरूबाट शुरू भयो । त्यसअघि म एक्लो नै थिएँ, त्यसपछि स्मृतिहरूको जुलुसमा हिडें । स्मृतिको यति काव्यमय-यात्रा शायदै अर्को जीवनमा हुन सक्ला । एक अति भावुक मनःस्थितिका बावजूद पनि जीवनलाई भावुकतामा बग्न दिइनँ । नाटकको रङ्गमञ्चमा अभिनय गर्दै थिएँ, सिनेमाको निर्देशक भएँ । कविता लेख्दालेख्दै गीतका हरफमा आएँ, गीतमा रम्दै गर्दा गद्यको अपार गंगामा आएँ । गुलजारदेखि ओशो देवानन्ददेखि सदाओ वातानावे … गोदाइगोदेखि ब्रायन आदम्स, सबै यही काठमान्डूमा देखेँ । काठमान्डूको कैंयौ अनुहार छन् । कुनै एउटा अनुहार हेरेर यो शहरलाई चिन्न सकिन्नँ, त्यसैले यसलाई म ‘कोलाहलको कोलाज’ भन्छु I
अर्जेन्टिनाका महाकवि बोर्खेसका प्रसिद्ध पङ्क्ति सम्झिन्छु, “म ती सारा लेखक हुँ जसलाई मैले पढेको छु । ती सारा मान्छे हुँ जसलाई मैले भेटेको छु । ती सारा स्त्रीहरू हुँ जसलाई मैले सबैभन्दा बढी माया गरेँ । ती सारा शहर हुँ जहाँ म बसें ।”
Kolahalko Kolaj – Prakash Sayami
Best Seller
Kolahalko Kolaj – Prakash Sayami
कोलाहलको कोलाज– प्रकाश सायमी
₨425
Availability: 1 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet