गीतिलेखनको सौन्दर्य प्रस्तुत गरी साहित्यका फाँटमा अघि बढेका डी. आर. नियात्रा लेखनपछि सामाजिक उपन्यास तिलस्मीमार्फत नेपाली साहित्यमा प्रभावपूर्ण उपस्थिति जनाउन सफल स्रष्टा हुन् । यस पटक उनले खोक्पा कथाकृतिको संरचनात्मक सौन्दर्य तयार पारेका छन् । सामाजिक यथार्थलाई कथाको आधारभूमि बनाई वर्तमानका विकृतिसहित भोगाइका विविध पक्ष उठान गरी उनले समाधानको निष्कर्षसमेत पस्किएका छन् । प्रकृति र मानिसका बिचको सम्बन्ध केलाउन सिपालु यी कथाकारले प्रकृति संरक्षणको सचेतना सम्प्रेषण गरेका छन् । वैदेशिक रोजगारीले पिल्सिएको नेपाली समाज र त्यसमा विकसित बाध्यात्मक समस्याको समाधानका बाटामा उनको कथायात्रा सन्देशसहित उभिएको छ ।
उमेरको बढोत्तरीसँगै सन्तानको सहारा खोज्ने जेष्ठ नागरिकहरूको मार्मिक मार्मिक कथा सुनाएर सुनाएर उनले मानवीय संवेदनाको क्षयीकरणका सम्बन्धमा चिन्ता व्यक्त गरेका छन् । यिनै विविध सन्दर्भमार्फत लेखकले प्रस्तुत सङ्ग्रहका कथालाई सामाजिक मूल्य प्रदान गरेका छन् । बाल्यकालीन स्मृति, ग्रामीण जीवनशैली, स्थानीय भाषा, संस्कार, संस्कृति, मौलिक लबज, जातीय पहिचानको लय, प्राकृतिक सौन्दर्य, जनजीविकाको सवाललगायतका सामाजिक तथा सांस्कृतिक विषय समेटी उनले कथालाई सरल तथा सहज सम्प्रेषण गरेका छन् । यस कथाकृतिले आवाजविहीनहरूको आवाज बोलेर सम्बन्ध र सहकार्यको वैचारिक धरातल निर्माण गरेको छ । समयको तस्बिर उतार्न सिपालु डी. आर.को खोक्पाभित्र नेपाली समाजको अनुहार देख्न सकिन्छ ।
Khokpa – D.R
Jaga Dahal (verified) –
Recently release