Shop Online For Books | Stationery | Fashion | Gift Items

Khatpwal – Pramod Pyakurel

450

Availability: 5 in stock

SKU: Khatpwal (RBD) Categories: , Tag:

लोकप्रिय कथाकृति ‘झुल्या कागत’ का सर्जक, आख्यानकार प्रमोद प्याकुरेलको पहिलो उपन्यास हो ‘खटप्वाल’ । काठमाडौँको काँठको सोरोफेरोमा बुनिएको यस उपन्यासमा समग्र पृथ्वीलाई एउटा विशाल घर मानिएको छ र मान्छेले आ-आफ्ना लोभ र आवश्यकताले बनाएका सूक्ष्म चिराहरूलाई खटप्वालको रूपमा चित्रण गरिएको छ । काँठे परिवेश र भाषा यस उपन्यासमा नवीन सौन्दर्य बनेर आएका छन् । उपन्यासले ‘स्वाभाविक’ मानिएका सम्बन्धहरूमा आउने अस्वाभाविक विग्रह र ‘अस्वाभाविक’ मानिएका सम्बन्धमा यदाकदा देखापर्ने असीमित अनुरागलाई सुन्दर शैलीमा आख्यानीकृत गरेको छ । कोरोनाजस्ता अप्रत्याशित कहरले सम्बन्ध, सपना र यथार्थलाई कसरी खलबल्याउँछन् र प्रचण्ड आत्मबल भएको मान्छे पनि जीवनको चौबाटोमा कसरी निरीह बनेर उभिन बाध्य हुन्छ, यस उपन्यासका पाठकले सहजै ठम्याउन सक्नेछन् । सुरुदेखि अन्त्यसम्म यस उपन्यासको कथा यसकी प्रमुख पात्र बिन्दिकाका प्रिय-अप्रिय अनुभवहरूमा उभिएको छ, र लोकलाज, प्रतिकूलता, आघात र अनिश्चितता सबै सबैलाई चिरेर उनले प्रस्तुत गरेको मानवताको उच्च आदर्शले यस उपन्यासलाई एउटा उदात्त बैठान दिएको छ ।

Khatpwal – Pramod Pyakurel

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Right Menu Icon