“कसरी भयो यो घर अलच्छिनी ? अलच्छिनी त त्यो हो, जसले मेरो छोरा बुहारीको हत्या गन्यो । नाति-नातिनी खायो । छोरी ज्वाइँलाई गोलीले उडायो । अलच्छिनी त्यो हो, त्यसलाई मारे पो पुरुषार्थी बनिन्छ । जनताले तँलाई धन्य राजा भन्छन् । यो विचरा ‘ढुङ्गा माटोमा के दोष देखाउँछस् ?”
+++
“म यहाँ आएको दुई घण्टाभन्दा पनि बढी भयो । म यहाँ लास गनेर बसें । युवराज सरकारबारे अघि नै मलाई जानकारी गराउनुपर्दैन ? पहिल्यै भेन्टिलेटरमा राख्नसकेको भए बिरामीको अवस्था अहिलेसम्म अर्कै भइसक्थ्यो । यस्तै बेला त हो नि ए.डी.सी. चलाख हुने । पहिला मरेको लास देखाउने हो कि जिउँदो घाइते ? मलाई पहिल्यै खबर गर्न पर्दैन ?”
+++
केहीबेरपछि हेलिकप्टर तालमाथिको आकाशमा उड्न थाल्यो । उसले ताललाई दुई फन्को लगायो र अन्तिम फन्को लगाउँदै थियो त्यही बेला डालोबाट मकै पोखिएजस्तो सबै यात्रु पानीमा पोखिए । त्यहाँ हाहाकार भयो । चिच्याहट सुनियो तर पाइलटले हरेश खाएनन् । उनले हेलिकप्टरलाई सकुशल किनारमा उतारे । पाइलट आफू बचे साथै हेलिकप्टरलाई पनि बचाए तर यात्रुहरू बचाउन सकेनन् । तिनीहरू सबै पानीमा डुबे । त्यसमा प्रेक्षा पनि परिन् ।
Khandaharu Durbar – Nagendra Naupane
sabin.chhetri (verified) –
किताब अलि कटिंग नमिलेको रहेछ। शायद स्टकमा अन्तिम पिस थियो। अब किताबको कुरा गरौँ। दरबार हत्याकाण्डसँग सम्बन्धि उपन्यास अलि अतिरन्जित लाग्यो मलाई। समग्रमा अरु यस्तै किताबहरु भन्दा पृथक छ यो उपन्यास।