Khyraid – Rajendra Karki

खाइराइड – राजेन्द्र कार्की

300

Availability: 5 in stock

SKU: Khyraid Categories: , Tag:

काठमाडौको वानेश्वरमा स्थायी बसोबास भएका राजेन्द्र कार्की भोजपुरको दावामा जन्मिनु भएको हो । निबन्ध लेखनमा दखल राख्ने कार्की परदेशमा बसेर पनि नेपाली भाषा, साहित्यमा कलम चलाउँदै आउनु भएको छ । उहाँको ‘निरीह देउता’ कविता सङ्ग्रह प्रकाशनको प्रतीक्षामा छ । काठमाडौँलाई तीस वर्ष कर्मथलो बनाएर कार्कीले जीवनको रथ चलाउनु भयो । उहाँ हाल क्यानडाको भ्याङ्कुभरमा जीवन र लेखन कर्ममा सक्रिय रहँदै आउनु भएको छ ।
“निबन्धहरुमा विषय, प्रस्तुति र व्यङ्ग्यका घच्काहरु साँच्चै स्वादिला छन् । यी निबन्धहरु पढ्दा राजेन्द्र कार्कीलाई हास्यव्यङ्ग्य लेखनमा नवप्रवेशी भन्नै मिल्दैन, यो फित्कौलीको ठहर हो । राजनीतिक व्यङ्ग्यले मात्र हाम्रो व्यङ्ग्य बजार ओगटिरहेको यो बेला कार्कीका व्यङ्ग्य निबन्धहरु हाम्रो सामाजिक जीवनतिर फर्किएका छन् । आधुनिकताले लपेट्न थालेको हाम्रो दैनन्दिन, फेरिदै गएका हाम्रा सोच, विचार र व्यवहारमा देखिने बिब्ल्याँटाहरुमाथि रमरम हास्यसहित मज्जाले व्यङ्ग्य बजारिएको छ ‘खाइराइड’ भित्रका निबन्धहरुमा ।”
नरनाथ लुइँटेल
प्रधान सम्पादक, फित्कौली डट कम
*साँच्चै बेजोडको निबन्ध छ यो भाग्दैभाग्दै । हृदय हल्लाउने । यो निबन्ध पढेपछि राजेन्द्र कार्कीलाई सोध्न मन लागेको छ, ‘तपाईं यत्रा वर्ष कहाँ भागेर, लुकेर बस्नुभएको थियो मित्र ? प्रिय राजेन्द्रजीलाई यति भन्छु, जोडदार शब्दमा भन्छु, हास्यको, व्यङ्ग्यको, विचारको, मौलिकताको, दार्शनिकताको लगायत अनेक क्षेत्रमा तपाईंको ज्ञान छ, क्षमता छ, त्यो अद्भूत छ । लेख्ने जाँगर छ, उर्जा छ, अध्ययनको हुटहुटी पनि छ । यो कायम रहोस् ।”
लक्ष्मण गाम्नागे अध्यक्ष, सिस्नुपानी नेपाल
Khairaid – Rajendra Karki

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon