प्रस्तुत कृतिलाई अध्ययन गर्नु भनेको ज्ञानका महासागरमा डुब्नुजस्तै आनन्दको विषय हो । त्यसको ज्वलन्त उदाहरण कठैबरा काठमाडौं’ मा पाइन्छ । उहाँले एउटै प्रेक्षागृहमा व्यक्ति, समाज, इतिहास र दर्शनको कठोरतम विवेचना प्रस्तुत गरिएको छ । सरसर्ती पढ्दा म अन्तस्करणबाटै आह्लादित भएको छु ।
–
नारायण ढकाल
‘कठैबरा काठमाडौँ !’ यस्तो निबन्ध सङ्ग्रह हो त्यो पनि अनुसन्धानमूलक ? भन्ने प्रश्न उठ्न सक्छ । निबन्ध पनि अनुसन्धानमूलक हुन सक्छ भन्ने प्रश्न गर्न सकिन्छ यसको जवाफ गौतमको कठैबरा काठमाडौंले दिएको छ । वस्तुगत प्रबन्धदेखि इतिहास, दर्शन, संस्कृति हुँदै संस्मरणका अनेक शृङ्खला उनेर उनले यो कृति तयार पारेका छन् । स्रोतसन्दर्भ समेत दिएर तथ्य पुष्टि गरेका छन् । नेपाली साहित्यमा अनुसन्धानात्मक निबन्ध अत्यन्त कम छन् । यस्ता निबन्ध लेख्न प्रशस्त अध्ययन गर्नुपर्छ, जसको प्रतिबिम्ब यी निबन्धमा पाइन्छ ।
– प्रा.डा. लक्ष्मणप्रसाद गौतम
Kathaibara Kathmandu – Hari Gautam
Reviews
There are no reviews yet