Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Karesako Phool – Hari Singh Thapa
NPR150.00
Availability: 5 in stock
हरिसिंहको सरलता र निश्छलता उनका कवितामा गाउँघर, खर्क, वनपाखाजस्तै भएर देखिन्छन् । जीवनसँगको नाता, परदेशसँगको पीडा
आँखाअगाडि सपनाको तस्बिर लिएर आउँछन् । संसारका सुन्दरताका लागि निकै चित्रहरू बदलिएका छन् । तर मानिसमा समयले दाग पनि लगाएको छ । त्यो दागलाई देखाउन खोजेका छन् हरिसिंहले । प्रेमीको माया फाल्नेहरू पनि छन यहाँ । देशको माया रद्दीको टोकरीमा हाल्नेहरू पनि छन यहाँ । यतै कतै बसेर हरिसिंह कविता लेखिरहेछन् । उनी लन्डनमा भए पनि उनकै करेसामा छ देश र त्यहाँ फुल्ने लालुपाते र गुराँस । त्यहाँ फुलेको छ उनको मन । सगरमाथासँग देशको नाम जोडिएझै उनको मुटुसँग देश जोडिएको छ । हामीले उनलाई यहाँ हेर्ने त्यति सम्बन्धकै रेखा हो । देशमा धेरैथोक आए तर देशलाई उँचो पार्ने देशमाथि एउटा इन्द्रेनी आएन । उनी त्यही इन्द्रेनी हेर्न चाहन्छन् । टाढाबाट भागेर देशमा बस्न आएजस्ता छन् उनका कविताहरू | संसारको दुःखसँग भागेर प्रेमिकाको नयनमा लुक्न आएजस्ता छन् उनका गीतहरू | उनको मनमा प्रेमको आगमन निषेध छैन । सम्बन्धको सत्य पनि निषेध छैन ।
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.