आख्यानकार राजवका कथा पढ्नु भनेको कथ्यभित्रको सूक्ष्मता र त्यसको कलात्मक उद्घाटनसँग साक्षात्कार हुनु हो । उनका हरेक कथाहरूले उनको कलात्मक क्षमता महसूस गराउँछन् । समाज । र राजनीतिका विकृति लगायतका अनेक गम्भीर विषय र कथ्यको कुशलतापूर्वक निर्वहन गरिएका यस सङ्ग्रहभित्रका नोकर, कुकुर र बाउको राजनीति, बैभवलीला, हिवस्की थप बरू, बँधवीको ओठ, जहाँ पिंजडा पनि देखिन्न, कङ्गनखित्का, एउटा चिन्तनको आत्मबिनाश, राम्रै शिकार लगायतका १६ कथाहरू यसका द्योतक हुन् । ती सब कथाहरू नेपाली साहित्यका विद्वान पाठक, समालोचक, समीक्षक र अन्वेषकहरूको अध्ययनमा परेर निकै प्रशंसित भएका छन् ।
Kangan Khitka – Rajav
Reviews
There are no reviews yet