Kancho CDO – Resham Bahadur Pandey

कान्छो सिडियो– रेशमबहादुर पाण्डे

400

Availability: 5 in stock

कृति भित्रबाट……
..एकपटकको घटना सम्झँदा अहिले पनि मेरो आङ जिरिङ्ग भएर आउँछ। भएको के थियो भने म मेरो कार्यालयको नीलो रङ्ग भएको टोयोटा गाडी लिएर आफ्नो घर नुवाकोट आएको थिएँ र रात नुवाकोटमा बिताएर भोलिपल्ट अफिस भ्याउने गरी फर्कने मेरो सधैंको जस्तो तालिका थियो । भोलिपल्ट सदरमुकाम धुन्चे फर्कने समयमा मलाई केही सामान किन्न त्रिशूलीबजार जानुपर्ने भयो । सामान किनमेल गर्दा र त्यहाँ निमन्त्रणा नगरेको अनपेक्षित कार्यक्रममा अल्मलिनुपरेको हुँदा ढिलो हुन गयो र म घरमा खाना खाएरमात्र धुन्चे जाने विचारले घरतर्फ लागेँ। मेरो बडीगार्डले लिएको वाकीटकीमा कालिकास्थान र राम्चेको बीच स्याउबारीको घुम्तीमा माओवादीले माइन विष्फोटन गराएर एउटा आइचर गाडीलाई ध्वस्त गराएको र मानवीय क्षतिचाहिँ नभएको कुरा सरलाई सुनाइदिनुभनेको छ भनेर बडीगार्डले मलाई सुनायो । हामी आउँदैछौं, बाँकी कुरा पछि गरौंला भनी खबर गर्न अह्राएँ। दुर्घटना भएको क्षेत्रमा म पुग्दा केही प्रहरी त्यहाँ तैनाथ थिए। घटनास्थलमा रहेको असइले हजूर ढिलो आउनु भएर एकदम राम्रो भएछ, नत्र यो विष्फोटको निसाना त हजूरप्रति नै रहेछ भनी ब्रिफिङ गर्यो । मैले सबै घटना बताऊ भनेपछि उसले भन्यो- हजूर यहाँ दुई ठाउँमा माइन बिछ्याउनेहरूलाई हामीले पक्रेका छौं । उसको बयानअनुसार सिडियोको गाडी यस ठाउँमा आइपुगेपछि पहिलो माइनलाई रिमोट कन्ट्रोलले विष्फोट गराउने, यदि त्यो क्रस भयो भने अर्को १० मिटर टाढा बाटोमा बिछ्याइएको माइन पड्काएर ध्वस्त बनाउने उनीहरूको योजना रहेछ । हजूरको गाडी त्यस ठाउँमा आइपुग्ने अनुमान गरेको समयमा नीलो आइचर गाडी त्यहाँ आइपुगेको हुँदा त्यही नीलो गाडीलाई हजूरको गाडी सम्झेर विष्फोट गराएको रहेछ। हामीले पक्रेको आतङ्ककारी खुट्टा भाँचिएर लडेको अवस्थामा यहाँ फेला पारेर बयान लिएका हौं र अरूलाई खोज्न मैले जवानहरू पठाएको छु भनेर वर्णन गर्यो । मेरो गाडीको रङ्ग पनि नीलो नै थियो र मलाई असइले भनेको कुरा साँचो होजस्तो लाग्यो । मेरो आङ ढक्क फुलेर आयो र मुख पनि सुख्खा भएर बोली निस्कन पनि अप्ठ्यारो भयो । मैले असइलाई आतङ्ककारीलाई तदारुकताका साथ खोजी गरेर मकहाँ पेश गर्नुस् भनेर आदेश दिएर म आफ्नो बाटो लागेँ ।

Kancho CDO – Resham Bahadur Pandey

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon