Shop Online For Books | Stationery | Fashion | Gift Items

Kali – Resham Birahi

550

Availability: 5 in stock

SKU: Kali (Birahi) (RBD) Categories: , , Tags: ,

मित्र रेशम विरहीको साहित्यिक परिश्रमलाई मान्नैपर्छ । छवटा कवितासङ्ग्रह, दुइटा निबन्धसङ्ग्रह र एउटा उपन्यास कृतिमा अर्को एउटा उपन्यास थपिएको छ । रचनाकारको सङ्ख्यात्मक उपलब्धिको गणना गर्ने मेरो आशय होइन । अपितु, रेशमको आख्यानात्मक समझ र सामर्थ्यलाई यस पुस्तकले दह्रोसँग स्थापित गर्ने छ भन्ने मेरो जिकिर हो । नेपाली साहित्यको पर्यावरणमा सामान्यजनलाई महत्वपूर्ण कलेवर प्रदान गर्न यस उपन्यासले सफलता प्राप्त गरोस् । बधाई मित्र !
विमल निभा
नेपाली साहित्यमा कविता, निबन्ध र उपन्यासमा सार्थक हस्तक्षेप गरिरहेका अविश्रान्त सर्जक रेशम विरही मौलिक,सिर्जनात्मक र निजात्मक भाषा, शैली र रचनाविन्यासका स्वप्नदर्शी साधक हुन् । निरन्तर लेखन र प्रकाशनको क्रममा उनले आमपाठकको स्नेह राम्रैसँग प्राप्त गरेका छन् । प्रस्तुत उपन्यासले शैलीगत र विषयगत नवीनता अनि पात्र र चरित्रको नवीन प्रस्तुतिले मात्र होइन, आमामान्छेका सपना, सङ्घर्ष र समय परिवर्तनको गति तथा आवेगलाई टिप्ने सार्थक एवम् कलात्मक प्रयत्नका कारणले समेत उनका पूर्वकृतिहरूभन्दा अझ अग्रगामी र उन्मेषशील रहँदै आफ्नो छुट्टै परिचय बनाउँछ भन्ने मलाई लाग्छ ।
– पुरूषोत्तम सुवेदी
कलिकी कलीको कथा ! अर्थात वर्तमानकी गुलाफकलीको कथा । कथा गुलाफकलीको मात्र होइन, रत्नाकलीको पनि हो । रत्नाकलीमात्र होइन, अरूको पनि हो । ‘कली’ कथा ती सबैको हो जो समय, समाज, सामाजिक सङ्घर्ष र राजनीतिक आन्दोलनसँग जोडिएका छन् । उपन्यासकारको यसअघिको उपन्यास ‘प्रेमदासको डायरी’ जस्तै यो पनि राजनीतिक उपन्यास हो । अनेक आवरणका राजनीतिक मानिसहरू उपन्यासमा छन् । कोही सजिलै चिन्न सकिने, कोही चिन्नै गाह्रो ! को के गर्छ र कसको सम्बन्ध कहाँ छ, बुझ्नै कठिन ! राजनीतिका तिनै पात्रहरूको आपसी सम्बन्ध, सहकार्य र द्वन्द्वका अनेक चक्रहरूमा बुनिएको छ यो उपन्यास । मर्मस्पर्शी उपकथाको सङ्ग्रहले उपन्यासलाई रोचक बनाएको छ । राजनीतिक उपन्यासका दृष्टिले रेशम विरहीको यो अर्को दर्बिलो उपन्यास हो ।

Kali – Resham Birahi

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Bichar ko Laas
    Bichar ko Laas - Dhurba Sapkota
    1 X 350 = 350
    Shop Ratna Online
    Right Menu Icon