Juddha Shamsherka Naamma – Chaitanya Adhikari

जुद्ध शमशेरका नाममा– चैतन्य अधिकारी

US$3.50

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Juddha Shamsherka Naamma Categories: , Tag:

जुद्ध शमशेरको शालिकलाई परिक्रमा गर्दै बाँचिरहेको गणतन्त्रमा एक कविले के कविता लेखोस् ? चैतन्य अधिकारीको अन्तर्मनमा असहजतापूर्वक उत्पन्न यस प्रश्नले (शीतकालीन समयमा पाइपभित्रको पानी जमेर बहुआयतनमा हिमसशी विष्फोट भएझैँ कविता शब्दहरूमा विष्फोट भएजस्तो लाग्छ । जुद्ध शमशेरका नाममा सञ्चयन कविताले कतै समकालीन बेथितिहरूलाई व्यंग्य गरेको छ, कतै ढुङ्गाको शहर, गाउँ, फूलको यात्राका अनुभूति टिपेको छ, कतै तृष्णा वितृष्णाका प्रशशुहरूसँगै बुद्धत्वको पलायनयात्रा अनुभूत गरेको छ । समग्रमा उज्यालो अँध्यारोको दार्शनिक दोछायाँमा विताले चैतन्य’को यात्रा थालेको छ । यात्रा आफैमा / एक गन्तव्य हो । चैतन्य अधिकारीको यो कवितायात्रा आफ्नै निजत्वले अगाडि बढेको छ ।
– सरूभक्त
प्रिय चैतन्य, मलाई खोलाहरू मन पर्छन् । लहर भएर तिनले किनार चुमेको पनि मन पर्छ । तिनीहरूले गाउने गीत र बग्दै बग्दै सिर्जना गरेको संगीत पनि मन पर्छ । तिम्रा कवितामा म खोलाको शालीन र श्रुतिमधुर स्वर अनुभव गर्छु । तिम्रो कविताको आक्रोशमा आगो त छ, व्यंग्य पनि छ तर त्यसले डरलाग्दो गरी दुखाउँदैन । कठालो समातेर झक्झकाउँछ मात्र । अरू कसैको दृष्टि नपुगेको र सामान्य लाग्ने प्रसंगलाई पनि गम्भीर कवितामा रूपान्तर गर्ने तिम्रो सामर्थ्यको म प्रशंसक हुँ । छोटा आकारका तिम्रा केही कविता त मन्त्रतुल्य छन् । प्रिय चैतन्य, तिम्रो कविता यात्रा अविरल चलिरहोस् । त्यो तिम्रो र नेपाली कविता दुवैका लागि प्राप्ति बन्न सकोस् हार्दिक शुभकामना
Juddha Shamsherka Naamma – Chaitanya Adhikari

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon