योगमायाको नेतृत्वमा भएको विश्वकै एक अनौठो आन्दोलन, त्यसले पुयाएको योगदान र उदाहरणीय क्षमतालाई नेपाली राजनीतिक तथा नेपाली सामाजिक इतिहासमा आत्मसात् गरिएको छैन । किनभने हाम्रो सामाजिक चरित्र आलोचनात्मक दृष्टिकोण वा प्रश्न गर्न चाहँदैन । जसरी सामाजिक/पारिवारिक रूपमा महिलाको आर्थिक योगदानको भूमिकालाई स्वीकार नगर्ने मानसिकता छ त्यसरी नै राजनीतिक तहमा पनि महिलाको भूमिकालाई स्वीकार नगरिएका कारण योगमायाको आन्दोलनलाई पनि जानाजान ओझेलमा पारियो । कुनै पनि पुरुष वा राजनीतिक समूहले गरेको भूमिका/आन्दोलनभन्दा यो महान् र बलियो सङ्घर्ष हो । – डम्बरध्वज चेमजोङ नेपाली इतिहासका पुस्तक पल्टाउँदा लाग्छ, ती सीमित जात र वर्गका पुरुषहरूको योगदान र उपलब्धिको दस्ताबेजीकरण मात्रै हो । राज्य सञ्चालनमा ब्राह्मण, क्षेत्री, ठकुरी पुरुषहरूकै हालीमुहाली थियो । त्यतिबेला अन्य जातजाति र महिला कहाँ थिए ? के आधुनिक नेपाल निर्माणमा अन्य जातजाति र महिलाको कुनै योगदान नै थिएन त ? क्रान्तिको इतिहास लेखिंदा वि.सं. १९९७ मा चार शहीदले पाएको मृत्युदण्ड वा त्यसभन्दा अघिका क्रान्तिबारे पनि लेखिन्छ । त्यही कठोर शासनप्रति विद्रोहको चरम स्वर उराल्ने योगमाया न्यौपानेले लिएको जलसमाधिबारे लेख्न र अनुसन्धान गर्न इतिहासकारहरू किन कन्जुस्याइँ गर्छन् ? – प्रजु पन्त नेपाल आमाकी सुपुत्री योगमाया न्यौपानेलाई आज आमनेपालीबीच चिनाउनुपर्दा उनी एक विद्रोही चेत भएकी, समाजसुधारक, जनमुखी, राजनीतिज्ञ साहित्यकार, प्रगतिशील आशुकवि, अग्रगामी विचारक, मानवीय न्यायको पक्षमा तथा अत्याचारका विरुद्ध निर्भीक लडाकु र धर्मराज्य सेना कमान्डर नारी थिइन् भन्न सकिन्छ । नेपालको ऐतिहासिक निधि योगमायाको विषयमा अझै यथार्थ अनुसन्धानको खाँचो छ । – रणेन्द्र बराइली |
Jiwani Ra Mulyankan Yogmaya – Lekhanath Bhandari
Reviews
There are no reviews yet