सल्यानको खलंगामा जन्मेका तुफानबाबु श्रेष्ठ हाल दाङमा बस्छन् । २०४९ सालको एसएलसीमा सल्यान जिल्ला प्रथम भएका अधिवक्ता श्रेष्ठले कान्तिपुर साप्ताहिकमा ‘प्रेरणाको विन्दु शृंखला लेख्थे । त्यसपछि दाङबाट प्रकाशन हुने युगबोध दैनिक, राप्ती समाचार दैनिक हुँदै हाल उनी गोरक्ष दैनिकमा साप्ताहिक ‘प्रेरणाको विन्दु’ स्तम्भ लेख्छन् । युट्युबमा @RJTufan
च्यानलमा उनी भेटिन्छन् । २०६० देखि रेडियो कार्यक्रम ‘शान्त तलाउ’ सञ्चालन गरिरहेका उनी दाङमा मोटिभेसनल वक्ता तथा भिजिटिङ अध्यापकका रूपमा सक्रिय छन् । रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष भइसकेका उनी रोटरी डिस्ट्रिक ३२९२ नेपाल-भुटानअन्तर्गत रोटा वर्ष २०२२-२३ को लागि जोन २६ को असिष्टेन्ट गभर्नरको जिम्मेवारीमा रहनुको साथै विभिन्न कमिटीमा आबद्ध रहेर काम गरिसकेका छन् । लेखपढ उनको जीवनको अभिन्न पाटो हो भने सञ्चारकर्म र उद्यम नसा र नशा दुवै ।
000
हामीलाई तनाव हुन्छ । द्विविधा हुन्छ । चिन्ता हुन्छ । रनभुल्लमा परिन्छ । रिस उठ्छ । अपराधको भावना आउँछ । यस्तो हुनु स्वाभाविकै हो, झन् यस्तो अस्तव्यस्त समयमा । यस्तोमा तपाईंले यहाँ संकलित एक सय एक प्रेरक कथा जसरी जहाँबाट जहिले पढे पनि पाउनुहुनेछ – असीम शान्ति, आनन्द र प्रेरणा । देश-दुनियाँका, मिथ-पुराणका, इतिहास-समाजका कतिपय यथार्थ र कतिपय कल्पनाशील यी कथा यस्ता कथा हुन्, जसले जिन्दगीमा सकारात्मक ऊर्जा सञ्चार गर्छन् ।
Jindagi Badalne Ek Saya Ek Soch – Tuphanbabu Shrestha
Reviews
There are no reviews yet