म कहिल्यै एक्लो छैन, हुने पनि छैन । सधैं लाखौं, करोडौं जनताको न्यानो काखमा छु र रहिरहनेछु । जबकि यस्तै तरिकाबाट अहङ्कारी, खुराफाती, बेइमानी, व्यक्तिगत महत्वाकाङ्क्षी र विश्वासघाती शैलीबाट काम गर्दैगए तपाइँ र तपाईंले सिफारिस गरेको पार्टी, ती सब केन्द्रीय नेताहरू अनि विवश कार्यकर्ताहरू क्रमशः लोप भएर जानेछन्, पार्टी पनि प्रभावहीन भएर अस्ताउने छ । तर देश रहिरहनेछ । अथवा नेपाल र नेपाली रहिरहनेछन् । एकनासका दिन सधैँ हुँदैनन् नै । हामीमा पूर्णविश्वास छ पुरानो आततायी साम्राज्यवादी पुँजीवादी सत्ताहरू विश्वचेतनाले भत्काउँदै लानेछ । अवश्य ती भत्किँदै जानेछन् । संसारका अब श्रमजीवी जनता एक भएर आफ्नो हित गर्ने वैज्ञानिक सिद्धान्तमा आधारित समाजवादी राज्यव्यवस्था विश्वभर स्थापित गर्न थाल्नेछन् । अनि त्यस्तो प्रकाशमय वातावरणमा हाम्रा गीत-सङ्गीत, हाम्रा स्वरहरू संसारका लाखौं जीवन्त गीतहरूसँगै व्यापक भएर संसारभरि गुञ्जिन थाल्नेछन् । नयाँ स्वस्थ र सुन्दर हितकारी समाजवादी व्यवस्थामा संसारको प्रवेश हुन्छ, हुनेछ ।
Jeewan Sangharshaka Jwarbhataharu – Ramesh Shrestha
Reviews
There are no reviews yet