Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Jeewan Ra Jagatko Sristi Ra Bikaskram – S.K. Desar
₨300.00
Availability: 5 in stock
जीवन र ब्रह्माण्डसम्बन्धी थुप्रै जिज्ञासाहरू अझै रहस्यको पर्दाभित्र लुकेर रहेको भए तापनि विज्ञानले क्रमशः रहस्यहरू चिर्दै जाने विश्वास गर्न सकिन्छ । सोही जीवन र ब्रह्माण्डको सृष्टिबारे विज्ञानमा आधारित रहेर यो पुस्तक तयार पारिएको हो । ब्रह्माण्डको सृष्टिबारे नबुझी जीवनको सृष्टिबारे बुझ्न नसकिने भएकाले पुस्तकको प्रारम्भ ब्रह्माण्डको सृष्टिबाट गरिएको छ । महाविस्फोटपछि पदार्थ, ऊर्जा, समय र अन्तरिक्षसहितको ब्रह्माण्डको सृष्टि भएपछि क्रमशः तारा, ग्रह, पृथ्वी र जीवनको सृष्टि भएकाले ती विषयहरूलाई जानकारीका लागि पुस्तकमा समावेश गरिएको छ । पृथ्वीमा जीवनका चुनौतीहरू चुलिँदै जान थालेका छन् । जीवनको विनाशसमेत हुन थालिसकेको छ । मानवका गलत क्रियाकलापहरू पृथ्वीमा जीवनका लागि चुनौती बन्न थालेका छन् । मानवले गरिआएका गलत क्रियाकलापहरूबारे बेलैमा सचेत हुने बेला आइसकेको छ । यस्ता गलत क्रियाकलापहरू बेलैमा नसच्चिए यसले पृथ्वीमा जीवनका लागि गम्भीर परिणाम ल्याउन सक्ने आँकलन गर्न थालिसकिएको छ । पृथ्वीमा जीवनका ती चुनौतीहरूबारे पुस्तकमा चर्चा गरिएको छ । जीवनलाई उचित ढङ्गले बाँच्ने प्रयास गर्न सकेमा पृथ्वीमा देखा परेका जीवनका चुनौतीहरूको धेरै हदसम्म समाधान गर्न सकिने देखिन्छ । उचित जीवन-विचार ग्रहण गरेर जीवनलाई उचित ढङ्गले बाँच्न सकिन्छ । केही सारगर्भित जीवन-विचारलाई सान्दर्भिक लागेकाले पुस्तकमा समावेश गरिएको छ ।
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.