Shop Online For Books | Stationery | Fashion | Gift Items

Jeewan Beema – Rabindra Bhattarai

(1 customer review)

365

Availability: 5 in stock

वित्त तथा लगानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका रविन्द्र भट्टराईले क्यानडाको जर्जब्राउन कलेजबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्ग्राजुएट, क्यानेडियन सेक्युरिटिज इन्स्टिच्युटबाट सेयर बजारसम्बन्धी क्यानेडियन सेक्युरिटिज कोर्ष र क्यानाडाको बिजनेस करियर कलेजबाट जीवन बिमा सम्बन्धी कोर्ष गर्नु भएको छ । उहाँले क्यानडाबाट फाइनान्सियल प्लानिङमा डेभिड म्याक्रेक्यान फाइनान्सियल प्लानिङ अवार्ड, स्टुडेन्ट एसोसिएसन अवार्ड र इन्स्टिच्युसनल अवार्डसमेत प्राप्त गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालय, शंकरदेव क्याम्पसमा वित्त तथा लगानी विषयमा १३ वर्ष प्राध्यापन गराउनुभएका भट्टराई सेयर बजारको अध्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तर संलग्न हुनुहुन्छ । सेयर बजारसम्बन्धी उहाँका लेख, रचना र अन्तर्वार्ता विभिन्न राष्ट्रिय दैनिक, साप्ताहिक, मासिक तथा अनलाइन पत्रपत्रिकामा प्रकाशित हुने गर्छन् । उहाँ सेयर बजारसम्बन्धी जनचेतना जगाउने तथा तालिम दिने नेपालकै पहिलो व्यक्तिमा पर्नुहुन्छ । उहाँले देशका विभिन्न स्थानमा गई सर्वसाधारणलाई सेयर बजार तथा लगानीसम्बन्धी तालिम दिइसक्नुभएको छ भने एसआरसीएसमा निरन्तर तालिम दिइरहनुभएको छ ।
उहाँका प्रकाशित कृतिहरूमा सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषणलगायत अन्य पुस्तक छन् । यसैगरी गीत-संगीतका माध्यमबाट सेयर बजारसम्बन्धी जनचेतना जगाउने उद्देश्यले उहाँले ‘सेयर दोहोरी’ नामक गीति एल्बम तथा सेयर बजारमा आधारित चलचित्र ‘आशा’ बजारमा ल्याउनुभएको छ, जुन युट्युबमा सुन्न र हेर्न सकिन्छ ।

Jeewan Beema – Rabindra Bhattarai

Weight 0.3 kg
Authors

Language

Publisher

1 review for Jeewan Beema – Rabindra Bhattarai

  1. Sailesh Acharya (Verified Reviewer)

    Got a book delivery from ratna thanks safely as expected

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon