मदन भण्डारी हाम्रो बीच हुनुहुन्न । जीवन पर्यन्त वहाँको विरोध गर्नेहरूबाट मृत्युपछि पनि वहाँ विरूद्ध अनेक
कुटनीति सहितको फोहरी प्रहारहरू समेत हुँदैछन् । बहुदलीय जनवाद थुप्रै छलकपटहरूले गर्दा मात्र पारित हुन सक्यो भनी लेख्नेहरू पनि देखिएका छन् । तर भण्डारीको बहुदलीय जनवादका बारेमा यस्तो भन्नेहरू पनि छन्-‘बहुदलीय जनवाद विश्व कम्युनिष्ट आन्दोलनमा सन् ९० को दशकमा देखा परेको अवरोहको एउटा सशक्त प्रतिविम्ब हो । पूर्वी युरोप र सोभियत संघबाट समाजवादले खानु परेको धक्कालाई नेपालबाट प्रतिकार गर्ने कुरालाई यो विचारले आफ्नो मूल अभिष्ट बनाएको छ ।’
अहिले नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा नेकपा (एमाले) देखा परेको छ । तर एमाले भित्रै कम्युनिष्ट परम्परा र दृढ अनुशासनको छापा, चोक र गल्लीमा धज्जी उडाउने प्रकृतिको अराजकता यदाकदा देखिने गरेको छ । तर भण्डारी कुनै अराजकता र शकुनी प्रहारले भेट्टाउनै नसक्ने शीर्षस्थानमा पुगी सक्नु भएको छ ।
Jananeta Bhandari – Subodha Pyakurel, Kundan Aryal
Reviews
There are no reviews yet