यो जनमत सङ्ग्रह त्यसै अचानक भएको पनि थिएन । अभूतपूर्व कुरो सुन्दा अचानक भएझैँ लाग्यो । २०१७ सालको अप्रेसनमा अङ्गभङ्ग भएपछि पनि २० वर्षसम्म मलहम पट्टी गर्न नछोडेका / कैयौँ अङ्ग टुत्र्याएर फ्याँकिसकेकाहरू / कति आमाहरूका काख रित्याइसकेका थिए, कति मायालुको सिन्दुर र माया मेटाइसकेकाहरू जिउ-धन परिवार सबैको बाजी लगाएर पनि प्रजातन्त्र बहाली गर्ने प्रयासमा निरन्तर अग्रसर भइरहेका / प्रजातन्त्र समाजवाद ल्याउने आकाङ्क्षामा बीस वर्षसम्म बोकेको पञ्चायती बर्बरताको बोझ सबै सबै जनमत सङ्ग्रहको घोषणा सुन्दा हलुङ्गो भएको अनुभव गरे राष्ट्रवादी प्रजातन्त्रप्रेमीले । हो पनि, नौ महिनासम्म रगत सिचेर, दु:ख झेलेर प्रसव वेदनामा प्राणान्त हुन लागेकी स्त्री पनि बालक जन्मिनासाथ- आँसुसँगै हाँस्छे । त्यस्तै सबै नेपाली जनताले नेताले बीस बीस वर्षसम्मको कालरात्रि एकाएक जनमतको घोषणाले सूर्योदयमा परिणत भएको बुझे । बीस वर्षसम्म भोगेका समस्त यातना, उत्पीडन, पीडा, अनन्त क्रूर भोगाइले चऱ्याइरहेका घाउमा जनमत सङ्ग्रहको घोषणाले मलहमको काम गयो ।
Janamat Sangraha Darpan – Giriraj Acharya
Janamat Sangraha Darpan – Giriraj Acharya
जनमत सङ्ग्रह दर्पण– गिरिराज आचार्य
₨1,645
Availability: 5 in stock
Weight | 0.9 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet