नेपाली साहित्यमा ‘पहिचानको मुद्दाको स्वरलाई तीखो पार्ने काम ‘सिर्जनशील अराजकताबाट भएको हो । उत्तरवर्ती सोच’, ‘रङ्गवाद’, ‘फरक आयाम’, ‘उन्मुक्त पुस्ता’ वा ‘कुकुर कविता’ यी सबै आन्दोलनहरुले नयाँ-नयाँ सिराबाट केही न केही विशिष्टताहरु थप्दै आइरहेका छन् । सीमान्तमा पारिनुको स्वरलाई जोंड दिँदै ‘समानान्तर अस्तित्व को हकदावी गरिरहेका छन् । पहिचानको लडाइँमा यी आन्दोलनहरूको सांस्कृतिक विविधतायुक्त विशिष्टता छ, आत्मरक्षासहितको बलियो जग छ । नेपाली साहित्यको यही जगमा उभिएको नयाँ आन्दोलन हो ‘इतर आवाज’ ।
–
‘इतर आवाज’को यो ‘इतर कविता’ कृति नश्लवादी जातिभेदले भोग्न बाध्य पारेका विहङ्गम अनुभवहरूको समष्टि हो । आन्तरिक उपनिवेश, भाषिक, धार्मिक, सांस्कृतिक अतिक्रमणहरुका विरूद्ध उठाइएको सीमान्त मानिसहरूको बलियो र साझा स्वर हो । पहिचानको आन्दोलनमा घनिभूत प्रयोग र तीव्र क्रान्तिकारिताको जोडबल हो । ‘सामाजिक न्यायको हुटहुटीमा प्राप्त हुने स्वादका कारण यी कविताहरु पेचिला र चर्का छन् । मानक मानिएका ‘नेपाली कविता’हरुले दिने ‘एकल जातीय अनुहारका अघि यी कविताहरूको बहुलता नयाँ नेपाली सौन्दर्य-चेत पनि हो ।
इतर कविता’हरुको अन्तर्यमा खास ‘नेपालीपनको खोजी भएको छ । मौलिक दार्शनिकताको हिसाबकिताब गरिएको छ । ‘नेपाली’ भनिएका वा मानक मानिएका कविताहरुले आजसम्म पढाइरहेको पश्चगामी विचारधारासित जुध्नसक्ने सामर्थ्य बलियो बनाइएको छ । यो कृति पहिचानको आन्दोलनमा वयस्कताको बिम्ब हो । ‘गुरिल्ला’ जस्ता लाग्ने कविताहरुमा नेपाली कविताको चेतप्रति कठोर आत्मसमीक्षा छ । गम्भीर विमर्श गरिए नेपाली कविताको तङ्ग्राइ अझ बलियो हुनेछ, हुन्छ ।
Itar Kabita – Parajit Pomu
Reviews
There are no reviews yet