प्रा.डा.गोविन्दराज भट्टराई
सत्यको प्रत्यायन वा सत्याभास गराउने कला नै सिर्जनाको सर्वाधिक ठूलो कला हो । धेरै समयपछि एक सफल यथार्थवादी कथाकार दिव्य गिरीका यस्ता कथा पढ्ने अवसर मिल्यो ।
दिव्यका अधिकांश कथा ग्राम्य परिवेशका रहेछन् अथवा गाउँदेखि उखेलिएर भाग्दै शहर पसी शहरका मुस्किलहरू खेप्तै बस्ने पात्रका छन् । यहाँका तीनवटा मात्रै कथा गाउँलाई नछोई पलाएका छन्, एउटा पछिल्लो समयमा थपिएका दुईवटा कथामध्ये पहिलो गुलाम कथामा अफगानी युद्धको भयङ्कर त्रासदी थपिएको छ भने छुटेको साथी शीर्षकको दोस्रो कथा छ जसले युक्रेन- रसियाको वर्तमान युद्धको एक झल्का दिन्छ ।
• दिव्य भाइका कथामा जादू छ अर्थात् पसेपछि छोड्न नदिने आकर्षण । यसको अधिकांश भूगोल अर्थात् अधिकांश कथाक्षेत्र विकट पश्चिमी पहाडहरू भएकाले पहाडी जीवनसितको परिचय हुनेलाई यीबाट धेरै
रस आउँछ ।
ठाकुर शर्मा भण्डारी
यस कथासङ्ग्रहका कथाहरूमध्ये सपनाकी फेवा शीर्षकको कथा पाठकलाई उत्सुकता जगाउने, कलात्मक सौन्दर्य भएको असफल प्रेम कथा । जीवनको अधैर्य र करूणामिश्रित कथा । जीवन्त कथा । सामाजिक विकृतिलाई सूक्ष्मढङ्ग र शालीनतापूर्वक व्यक्त गरिएको कथा T कथाहरूमा उत्कृष्ट कथा | शीर्षकले कथानक पृष्ठभूमिलाई राम्रोसँग द्योतन गरेको कथा ।
Ishworko Anuhar – Dibya Giri
Reviews
There are no reviews yet