एक आदिम गाउँको झन्डै सात सय वर्ष पुरानो इतिहास चिहाउने सानदार आख्यान हो, हिउँको गीत । तमूहरूको अन्तिम संयुक्त राज्य क्होला कसरी विघटित भयो ? यसमा एक सिकारीले पहिलो पटक बन्दुक भित्र्याएपछि राज्यमा निम्तिएको मानसिक उथलपुथल र त्रासदीलाई चुम्बकीय भाषा र काव्यिक शिल्पका साथ आख्यानीकरण गरिएको छ ।
हिउँमा बाँचिरहेका मानिसका भोक, कष्ट, प्रेम अनि कुण्ठामार्फत् तीर्थ गुरुङले प्रकृतिको लयमा लय मिलाउँदै विकसित एउटा सभ्यताको कथा लेखेका छन् । समाज, संस्कृति, राजनीति, मिथक र बस्ती विस्तारका बहुआयाम समेटिएको हिउँको गीत जादुयी यथार्थले भरिएको विशिष्ट आख्यान हो ।
सिक्लेसमा जन्मेका तीर्थ गुरुङ मूलतः आख्यानकार हुन् । हिउँको गीत उनको दोस्रो उपन्यास हो । यसअघि उनका पाठशाला (उपन्यास), आपा क्हार्प (कथासङ्ग्रह) र आयो गोर्खाली (अनुवाद) प्रकाशित छन् ।
Hiuko Geet – Tirtha Gurung
Best Seller
Hiuko Geet – Tirtha Gurung
हिउँको गीत– तीर्थ गुरुङ
₨795
Availability: 4 in stock
Weight | 0.4 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet