मोहन ठकुरी भारतीय नेपाली साहित्य-संसारमा भिन्न संवेदना, शिल्प-शैली र रचनाचेत भएका अब्बल स्रष्टाका रूपमा चिनिनुहुन्छ । मूलतः उहाँ कविता, कथा, संस्मरणात्मक आलेख तथा कृति-सम्पादनका क्षेत्रमा समानान्तर ढङ्गबाट लामो समयदेखि निरन्तर सक्रिय रहिआउनुभएको छ । कविता तथा कथा-लेखनको क्षेत्रमा पनि उहाँको छवि एक पृथक् अन्तर्य, पृथक् भाव-सघनता र आफ्नो छुट्टै बाटो हिंड्न रुचाउने सबल स्रष्टाको रहँदै आएको पाउँछौं । आफ्नो रचनाशीलतामा उहाँ अन्यन्य, गम्भीर र परिपक्व हुनुहुन्छ भन्ने ज्यूँदा दसी-प्रमाण उहाँका हरेक कविता, कथा र संस्मरणात्मक आलेखहरू हुन् भनी ठोकुवा गर्न सकिन्छ । |
Hangover – Mohan Thakuri
Reviews
There are no reviews yet